राजनीतिज्ञ तथा साहित्यकार बीपी कोइरालाका सम्पूर्ण कृतिहरू नयाँ रूपमा सार्वजिनक भएकाे छ। बीपीका तीन घुम्ती, दोषी चस्मा, सुम्निमा लगायत नौवटा कृतिलाई नयाँ साजसज्जासहित अन्तर्राष्ट्रिय गुणस्तरमा लिपि बुक्सले बजारमा पुन: मुद्रण गरेकाे हाे।
यसअघि बीपीका पुस्तकहरू साझा प्रकाशनले प्रकाशित गर्दै आएको थियो । प्रकाशक अर्जुन अधिकारीले पुराना पुस्तकहरूमा भएका व्याकरणीय अशुद्धताहरूलाई हटाइएको बताए। साझा प्रकाशनले प्रकाशन गरेका बीपीका कृतिहरुमा व्यापक त्रुटि पाइयो, ती कृतिलाई सच्याएर पाठकसामु ल्याउनुपर्ने थियो। अधिकारीले भने।
कृतिहरूको सर्वाधिकार जननायक बीपी कोइराला मेमोरियल ट्रष्टमा निहित रहेकोमा लिपि बुक्सले ट्रष्टसँगको सम्झौतामा पुस्तकहरू प्रकाशन गरेको हो । प्रकाशक अधिकारीले