अमेरिकामा हिलारी राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीले हिलारी क्लिन्टनलाई उम्मेदवार बनाएको छ ।
क्लिन्टन अमेरिकी इतिहासमा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदबार बनेकी छिन् ।
फिलाडल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले राष्ट्रपति पदका लागी हिलारी क्लिन्टनको नाम अनुमोदन गरेसंगै उनी पहिलो महिला उम्मेदवार बनेकी हुन् ।
उम्मेदवारमा नाम अनुमोदनपछि क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा कडा टक्कर हुनेछ ।
यसअघि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार बन्ने दौडमा रहेका बर्नी सेन्डर्सले आफ्नो नाम फिर्ता लिएपछि क्लिन्टनलाई उम्मेदवार बन्न बाटो खुलेको हो ।
उता डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट यसअघि नै उम्मेदवार बनिसकेका छन् । (एजेन्सी)