सन्धिखर्कको एन.एम.वी बैंकमा अख्तियारको मान्छे हुँ भन्दै जवरजस्ती प्रवेश गर्ने पक्राउ (भिडियो सहित)

विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अख्तियारको मान्छे हुँ भन्दै बैंकमा जवरजस्ती गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको एन.एम.वी बैंकमा आफु अख्तियारको मान्छे भएको र बैंकमा छानविन गर्न आएको भन्दै जवरजस्ती प्रवेश गर्न खोजेपछि दाङ्ग जिल्ला निवासी रोशन खड्कालाई बैंकका सुरक्षागार्डले रोकेको प्रहरीले जानकारी दिएको छ ।
जवरजस्ती गरेपछि बैंकका सुरक्षागार्डले रोकेपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।
उक्त व्यक्तिको विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले बताएकाे छ ।

अन्य समाचारहरु