धातिवाँङमा अर्घाखाँची सम्पर्क समिती युएईले गर्यो अग्नीपीडितलाई राहत वितरण

डिल्लीराज घिमिरे
धातिवाँङ, अर्घाखाँची मिती २०७३ साउन १७ सोमवार । आगलागीमा परि घरधन क्षति भएका धातिवाङ गावीस ०९ दह स्थित अग्नी पीडीत चार परिवारलाई खाद्यान्न राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । 
उक्त आगलागिका कारण गावीसमा घरवार विहिन हुन पुगेका वडा नं ९ निवासी वालसिहं सारु,विमल सारु,जिवन सारु,तुल वहादुर सारुलाई प्रति परिवार तीन तीन वोरा अर्थात ७५ किलो चामल र एक एक पैक अर्थात १० लीटर तोरिको तेल वितरण भएको छ ।
अर्घाखाँची सम्पर्क समिती युएई मार्फ़त संकलन गरिएको राहत सहयोग वितरण योजना वमोजिम पहिलो चरणमा अर्घाखाँचीका चार गावीस जुकेना,खन,असुरकोट र धातिवाँङमा लक्षित गर्दै पहिलो चरणको अन्तिम राहत वितरण कार्यक्रम २०७३ साउन १७ गते धातिवाँङ गाविस भवनमा एक औपचारिक कार्यक्रम विच सम्पन्न भएको छ ।
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चका महासचिव डिल्लीराज घिमिरेको अध्यक्षता,गावीस सचिव रमेश न्यौपानेको संचालन,गावीस कार्यालय सहायक ईन्द्रामणी पौडेल,स्वतंत्र पत्रकार नेपालका जिल्ला समिती सदस्य भूम वहादुर शुर्यवंशी,स्थानीय राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा नेपाली कांग्रेसको तर्फवाट दिनवन्धु पौडेल,नेकपा एमालेवाट थानेश्वर पौडेल,नेकपा माओवादी केन्द्रवाट मनमोहन थापा,स्वास्थ्य चौकी ईन्चार्ज मित्रदेव पौडेल लयायतले धन्यवाद मन्तव्य राखेका थिए ।
मन्तव्यको क्रममा वोल्ने सवै वक्ताले विदेशमा नौकरी गरेर पनी यसरी सहयोग संकलन अनि वितरण गर्ने योजना तयगरी धातिवाँङसम्म आई राहत दिएर उल्लेख्नीय काम गरेकोमा खुलेर सहयोगदाता संस्थालाई प्रशंसा गरेका थिए । जहाँ संकट त्यहाँ डिआरजी भन्ने नारा व्यावहारिक रुपमै यहाँ पनी पुष्टि भएको स्वीकार्दै आगामी दिनमा पनी सुख दुखमा यस गावीसमा ध्यान दिन आग्रह गरिएको थियो । यो सहयोग लिएर अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चका महासचिव तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय पार्षद समेत रहेका डिआरजी सुमन आफै आएको पिडीतको हातमा हस्तान्तरण गरेकोमा पीड़ित पक्षले समेत धन्यवाद व्याक्त गरेका थिए । 
तस्वीर: डिल्लीराज घिमिरे 

अन्य समाचारहरु