बर्ष दिन पुरा गरेको अवसरमा सिआईजीको सन्धिखर्कमा पत्रकार भेट्घाट

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सूचना तथा सुशासन अभियान (सिआईजी)ले बर्ष दिन पुरा गरेको अवसरमा शनिबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । 
संस्थाका अध्यक्ष मुक्ति नाथ भुसालले एक बर्षमा गरेका प्रगती, आयव्यय, सिआईजीको विधान तथा अगामी योजनाहरुका बारेमा जानकारी गराउँनु भएको थियो । अध्यक्ष भुसालका अनुसार बर्ष दिन भित्रमा सन्धिखर्क नगरपालिका भित्र २२ र गाविसहरुमा १९ गरि जम्मा ४१ वटा कार्यक्रम मार्फत ४,१८९ जनालाई भिजुअल मार्फत सूचनाको अधिकार सम्वन्धमा जानकारी गराईएको बुझिएको छ । बिभिन्न संघ संस्था, ब्यक्ति तथा सरकारी निकायहरुबाट जम्मा रु ३ लाख ९२ हजार आठ सय पाँच प्राप्त भएपनि अभियान सन्चालन तथा कार्यक्रम र सम्पति खरिदमा ४ लाख ३९ हजार नौं सय पचपन्न रुपैया खर्च भएको हिसाब सार्वजनिक गरिएको थियो । सिआईजीले आफनो बर्षदिन कार्यकालमा करिव ३ डर्जन सूचना मागकर्ताहरु जन्माउनुको साथै सार्वजनिक निकायहरुबाट १५५ वटा सूचना प्राप्त गरेको जानकारी मिलेको छ । शुरुवातमा सूचना दिन आनाकानी गरेका ५ वटा सार्वजनिक निकायका बिरुद्ध आयोगमा उजुरी गर्न परेको बताउँदै सूचना मागकर्ता भुसालले पश्चिमान्चल सडक डिभिजन कार्यालय नं. ५ शिवपुर कपिलबस्तुलाई राष्ट्रिय सूचना आयोगले ऐनमा उल्लेख भएअनुसारको कारवाही गर्नु पर्ने बताएका थिए ।
अगामी कार्ययोजना अनुसार फोटो सहित सूचना अधिकारीको सार्वजनिकीकरण, सूचना माग्ने क्रमलाई दोब्बर बनाउँने, नगरपालिका भित्रका बिधालयहरुमा सूचनाको हक र व्यवहारीक प्रयोग शिर्षकमा निवन्ध प्रतियोगिता सन्चालन आदी महत्वपूर्ण कार्ययोजनाहरु सार्वजनिक गरिएको छ ।
महत्वपूर्ण कुरा सिआईजी कार्यसमितिमा रहनका लागि आफुलाई सूचना मागकर्ताका रुपमा स्थापित गराउनु पर्दछ । जसअनुसार अध्यक्ष पदका लागि १५० उपाध्यक्ष पदका लागि ५० र अन्य पदका लागि कम्तिमा १० वटा सूचना माग गरि त्यसको सार्वजनिक गर्नु पर्ने अकाटय नियम सहभागी सबैलाई संस्थाका अध्यक्ष भुसालले जानकारी गराउनु भएको थियो । सूचनाको हक सम्वन्धमा शुन्य नतिजा रहेको अर्घाखाँचीमा सिआईजी स्थापना पश्चात १७ जना ब्यक्तिहरु कार्यसमितिमा रहन सक्षम भईसकेको थप जानकारी मिलेको छ । पत्रकार सम्मेलनको क्रममा आरटीआई अभियन्ता भुसालले धेरै ब्यक्ति तथा निकायहरु आरटीआईको क्षेत्रमा लगानी गर्न र काम गर्न डराएको भएपनि अतितका कुकर्महरुलाई आफनै पालामा सुधार गर्नु बुद्धिमानि हुने बताउँदै सिआईजी अभियान नरोक्कीने बुझिएको छ । बर्षदिनको अवधीमा अहोरात्र साथ दिने ब्यक्ति तथा निकायहरुलाई स्मरण गदैई पत्रकारहरुका संगठनले पनि सूचना अधिकारी तोकेर कानुनको पालना गर्न अध्यक्ष भुसालले सुझाव दिनु भएको छ । ढिला गरि कार्यक्रममा सहभागी हुनु भएका नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले सिआईजी अभियान भ्रष्टचार बिरुद्धमा लडनेहरुका लागि साझा प्लेट फर्म भएको बताउदै भत्तावाला कार्यक्रममा बिस जनाको उपस्थीती भएमा ३० जनाको हाजिरि मिलाएर खाने गरेको अनुभव बताउनु भएको थियो । वहाँका अनुसार यसरी गलत कार्य गर्नेहरु सूचना दिन नमान्ने कारण खुलेर आफनो अभियानलाई अगाडी बढाउँन सिआईजीलाई सल्लाह दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा सिआईजी सल्लाहाकार कृष्ण प्रसाद श्रेष्ठले आफनो मनत्ब्यका क्रममा आज भन्दा एक बर्ष अगाडीको अर्घाखाँची र आजको अर्घाखाँचीमा सिआईजी अभियानका कारण थोरै प्रभाव परिसकेको बताउनु हुदै सिआईजी अभियान सफल बनाउँनका लागि हरेक तह र तप्काका ब्यक्तिहरुले सहयोग गर्नु पर्ने बताउनु भएको थियो । नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले जिल्लालाई भ्रष्टचार मुक्त बनाउँने कार्यमा सिआईजीको बिकल्प नभएको कारण आफुबाट पूर्ण साथ र सहयोग रहने बताउनु भएको थियो । 
– सिआईजीबाट

अन्य समाचारहरु