अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको मिर्गौला पिडितलाई ७५ हजार सहयोग

 झबिन्द्र बेल्बासे 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट कोरियामा आउने जिल्लाबासीको सामाजिक संस्था अर्घाखाँची मञ्चले मिर्गौला पीडित अर्घाखाँची सन्धिखर्क नगरपालिका स्थित आँपखोलाका वीर बिक्रम शाही लाई उपचारको लागि ने रु. ७५ हजार हस्तान्तरण गरेको छ ।
वीर बिक्रम शाहीको हाल दुबै मिर्गौलामा समस्या भएकाले तत्काल मिर्गौला प्रत्यारोपण गर्नु पर्ने र आर्थिक श्रोत को अभावमा मानव अङ्ग प्रत्यारोण केन्द्र भक्तपुरबाट सहयोगको याचना गरिरहनु भएको छ । शिक्षण पेशामा आबद्द शाहीलाई अर्घाखाँची सम्पर्क मञ्चको अपिलमा जिल्ला बासी लगायत अन्य जिल्लाका साथिहरुबाट  संस्थाको आर्थिक खातामा आएको सहयोग रकम  हस्तान्तरण गरिएको सम्योजक पुकार शाहले जनाए ।
संस्थाका निबर्तमान सचिब ठाकुर भुसाल र  आफन्त पुस्पा शाहको रोहबरमा उक्त रकम बिरामी लाई हस्तान्तरण गरिएको छ ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियामा सकृय सामाजिक संस्थाको रुपमा स्थापित भएको र विभिन्न समयमा आफ्ना परोपकारी कार्य गर्दै आएको छ । पीडित सामु ब्यक्तिगत तर्फबाट आफ्नो सहयोग पुर्याउने सबै सहयोगी हरुलाई अर्घाखाँची मञ्चले धन्यबाद प्रकट गरेको छ ।

अन्य समाचारहरु