देशमा सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको छ । व्यवस्थापिका संसदको विकास समितिले सवारी दुर्घटना रोक्नेतर्फ सरकारले ठोस कदम चाल्न नसकेकामा चिन्ता व्यक्त गरेको छ । कान्तिपुरमा समाचार छ ।
काठमाडौं उपत्यका ट्राफिक महाशाखाले समितिसमक्ष आर्थिक वर्ष २०७२/७३ प्रस्तुतको विवरणमा सवारी दुर्घटनाबाट मर्नेको संख्या दिन प्रतिदिन बढेको उल्लेख गरेको छ । महाशाखा प्रमुख एवं डीजाईजी प्रकाश अर्यालले गत आवमा मुलुकभर २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको जानकारी दिए ।
समिति समक्ष उनले प्रस्तुत गरेको आँकडाअनुसार गत आवमा उपत्यकामा ५ हजार ६ सय ६८ सवारी दुर्घटना भए । उक्त दुर्घटनामा १ सय ६६ जनाको मृत्यु, २ सय ७७ जना गम्भीर घाइते र ३ हजार ९ सय १ जना साधारण घाइते भएका थिए । पूर्वक्षेत्रमा २ हजार १ सय १३ गाडी दुर्घटना भए । दुर्घटनामा पूर्वक्षेत्रमा ४ सय ४६ जनाको मृत्यु, १५ सय ५६ गम्भीर घाइते र २३ सय ४ जना साधारण घाइते भएका थिए ।
गत आवमा मध्यक्षेत्रमा ९ सय ३७ सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ५ सय २५ जनाको मृत्यु, १ हजार २१ जना गम्भीर घाइते र ९ सय ८८ साधारण घाइते भएको डीआईजी अर्यालले बताए । पश्चिमाचल क्षेत्रमा ८ सय ४६ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ५ सय २० जनाको मृत्यु, ९ सय १ जना गम्भीर घाइते र ७ सय ५ जना साधारण घाइते भएको अर्यालले प्रस्तुत गरेको आँकडामा उल्लेख छ ।
उल्लेखित आँकडाअनुसार मध्यपश्चिम क्षेत्रमा २ सय ९४ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा २ सय २८ जनाको मृत्यु, ३ सय १ जना गम्भीर घाइते र २ सय २४ जना साधारण घाइते भएका थिए । सुदूरपश्चिम क्षेत्रमा १ सय ५५ सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा १ सय २१ जनाको मृत्यु, १ सय २८ गम्भीर घाइते र १ सय ४ जना साधारण घाइते भएका थिए । पछिल्लो समय सडक सञ्जालको विस्तार व्यापक रूपमा बढे पनि कालोपत्रे र व्यवस्थित सडकको अभाव रहेको डीआईजी अर्यालले बताए । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले स्थानीय निकायले निर्माण गरेका एक तिहाइभन्दा बढी सडक इन्जिनियरिङ अध्ययनबिना नै निर्माण गरिएको बताए ।
गाडीको अवस्था ठिक नहुँदा, सडक जथाभावी रूपमा बनाउँदा दुर्घटना बढेका हुन्,