गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । आपत पर्दा मान्छेले भगवान सँग प्राथना गरेको खबर सबैले सुनेका छौँ । तर बिपत पर्दा भगवान बनेर मान्छेले सहयोग कमैले मात्र गर्दछन् । त्यही कम मध्येको एक उदाहरण हो “अर्घाखाँची समाज जापान”।
पछिल्लो समयमा नेपाली भूमिमा आइपरेका प्राकृतिक बिपत्तीबाट थुप्रै नेपालीहरुको धनजनको क्षती भएको छ । हजारौँ छोराछोरीले बाबु आमा गुमाउनुको साथै सयौँ चेलीले सिउँदो पुछ्नुपरेको छ ।
प्रदेशमै भएपनी नेपालीहरुको यो गहिरो चोटले आएको चिच्याटलाई मलम लाइदिएर “अर्घाखाँची समाज जापान” यतिबेला सबैको धन्यवादको पात्र बन्न सफल भएको छ ।
अर्घाखाँची जिल्लाको बिभिन्न ठाउँबाट रोजगारीको शिलशिलामा जापानमा पुग्नुभएका सम्पूर्ण सहयोगी हातहरुलाई गोलबन्द गर्ने उदेश्यका साथ जोतिष घर्तिमगरको सक्रियतामा वहाँकै अध्यक्षतामा गठन भएको “अर्घाखाँची समाज जापान”को माध्यमबाट अहिले अर्घाखाँची मात्रै नभएर देशका बिभिन्न ठाउँमा बिभिन्न प्रकारका समस्यासँग जुधिरहेका नेपालीहरुलाई सहयोग मिल्दै आएको छ ।
दुबै मृगौला फेल भइ अस्पतालको सैयामा छटपटाइ रहनु भएका सन्धिखर्क नगरपालीका ११,अर्घाखाँची निबासी बिर बिक्रम शाही र प्युठानको बिजुली हाल लमही नगरपालीका दाङ्ग निबासी श्यामकला ठेडीलाई “अर्घाखाँची समाज जापान” मार्फत जनही बिस-बिस हजार आर्थिक सहयोग गरिएको छ ।
सेवा समाजले प्रदान गरेको सहयोग राशी एक कार्यक्रमका बिच समाजको तर्फबाट गायिका करिश्मा घर्तिमगरले बिरामीलाई हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक सेवामा हातेमालो गर्दै आएको समाजसेवी संस्था “अर्घाखाँची समाज जापान”ले अर्घाखाँची जिल्लामा बिभिन्न समयमा बिपतमा परेकालाई सहयोग स्वरुप यस अघि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपत ब्यबस्थापन समितिका संयोजक सुरेन्द्र पौडेललाई साठी हजार आर्थिक सहयोग प्रदान गरीसकेको छ ।
“अर्घाखाँची समाज जापान”का अध्यक्ष जोतिष घर्तिमगरसँग हामीले गरेको कुराकानीमा आगामी दिनमा पनी सहयोगलाई निरन्तरता दिने संस्थाको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सम्बन्धित समाचार: