अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची साउन २८ । अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर अर्घाखाँची युवा परिषद्ले सन्धिखर्कमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा मधुमेह परिक्षण, प्रेसर जाँच, तौल जाँच सेवा उपलव्ध गराइएको थियो । डा नजिर मियाँ र डा सुरेन्द्र रायमाझीले बिरामीको स्वास्थ्य परिक्षण गरे । शिविरमा उल्लेख्यलमात्रा बिरामीहरुको उपस्थिति रहेको थियो । घरबार विहिन भएर सन्धिखर्कमा भौतारीएर डिड्ने डन्डबहादुर विकको स्वास्थ्य परिक्षण गरि शिविरको उद्घाटन गरिएको थियो ।
अर्घाखाँची युवा परिषद्का अध्यक्ष कृष्ण भुसालले सामाजिक सेवाको भावना जागृत भएर शिविर सञ्चालन गरिएको बताए । ‘यो कार्यक्रमले युवाहरु सामाजिक काममा लाग्नुपर्छ भन्ने सन्देश दिएको छ’ उनले भने, ‘निशुल्क प्रकारको यो शिविरले गरिव विपन्नवर्गका व्यक्तिलाई फाईदा पुगेको छ ।’
शिविर बिहान ९ बजे देखि १ बजे सम्म सञ्चालनमा गरिएको शिविरमा २ सय जनाले स्वास्थ्य परिक्षण गराए । जसमध्ये १० जना मधुमेहका नयाँ बिरामी भेटिएका छन् । अन्य १५ जना मधुमेहका बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् ।