सामाजिक सञ्जालमा ममाथि सधैं प्रहार हुन्छ, तर, म दुःखी छैन

फेसबुकलगायत सामाजिक सञ्जालमा ममाथि सधैं प्रहार
हुन्छ। तर
, म दुःखी छैन। फेसबुकमा मेरा राम्रा फ्यान पनि छन्।

मेरो नामलाई प्रयोग गरेर मान्छेहरु पैसा कमाइरहेछन्।
अनेक लेख्छन्। यसपटक त मेरो फेसबुक एकाउन्ट नै ह्याक भयो। दुखी यसकारण छु
, हाम्रो साइबर अपराध हेर्ने निकाय साह्रै फितलो रहेछ।

एक वर्षअघि मेरो फेसबुक पेज ह्याक भयो। त्यसमा एक
लाखभन्दा माथि लाइक पुगेको थियो। केही समयपछि त्यो पेज ब्लक भयो। यसपटक त एकाउन्ट नै
ह्याक भयो। यसमा पनि एक लाखभन्दा बढी फलोअर पुगिसकेको थियो।

एक महिनाजति अघि फेसबुक चलाइरहेको थिएँ। एक्कासी
 सेसन एक्स्पायर्ड  भन्यो। तुरुन्तै पासवर्ड राख्दा त रङ पासवर्ड पो भन्यो। मैले आफ्नो मोबाइल र पासवर्ड कसैसँग सेयर गर्ने गरेको पनि छैन। त्यसैले
कसैप्रति शंका पनि भएन। एकछिन ट्राइ गरिरहेँ। तर पनि खुलेन। अनि शंका लाग्यो
, फेसबुक ह्याक भयो।

केही दिन कुरेँ, त्यो मान्छेले पुरानै पासवर्डमा खोलिदिन्छ कि भनेर। तर भएन। त्यति नकारात्मक काम
पनि नगरेकाले डराइहाल्ने स्थिति पनि भएन। विस्तारै प्रोफाइल पिक्चर
, टाइमलाइनमा फोटोहरु चेन्ज हुन थाल्यो।

यसपछि म ढुक्क भएँ, त्यो मान्छेले पैसा कमाउनका लागि यसो गरेको हो। किनकी मेरो नाममा फेक एकाउन्ट खोलेर
मान्छेहरुले ब्लग
, वेबसाइटबाट पैसा कमाउने धन्दा गरिरहेका छन्। मान्छेहरु
आफ्नो साइटको भिजिट बढाएर पैसा कमाउन ज्योती मगरको नाम प्रयोग गर्छन्। पेज ह्याक पनि
पैसाकै लागि गरेको होजस्तो लाग्छ। मेरो नामलाई केही अनलाइनहरुदेखि
, सामाजिक सञ्जालमा जसरी दुरुपयोग गरिरहेका छन् त्यो सबै पैसाकै
लागि हो। यतिसम्म कि मेरो नाममा नक्कली वेबसाइट बनाएर पैसा कमाउने धन्दा भइरहेको छ।
म भोलि मात्र आधिकारिक वेबसाइट खोल्दैछु।

मेरो नाममा ब्लगहरुले नानाभाँती लेख्छन्। पोहोर
साल ब्लगहरुले मेरो चरित्रहत्या गर्दै नक्कली समाचार लेखेका थिए। अनि म प्रहरी अपराध
महाशाखा गएँ। त्यहाँ जाँदा ब्लगहरुको काम प्रेस काउन्सिलले हेर्छ भने। प्रेस काउन्सिलमा
जाँदा त ब्लग संसारको कुन
कुन कुनाबाट चलाउँछन्, हाम्रो कन्ट्रोलमा हुँदैन  पो भन्यो। त्यसपटक यत्तिकै चुप लागेँ।

यसपटक फेसबुक ह्याक भएपछि म प्रहरीकोमा यसकारण गएको
हुँ
, मेरो फेसबुक कसले चलाइरहेको छ, त्यो मान्छे कहाँ छ, फेसबुक उसले चलाउन
नमिल्ने गरी बन्द होस्जस्ता कारबाही गर्नुपर्यो । तर आज त्यहाँ पुग्दा त यस्तो लाग्यो
, हाम्रो निकाय साह्रै फितलो रहेछ।

पहिलो कुरा त, इन्टरनेटसम्बन्धि काम गर्ने शाखामा इन्टरनेट नै साह्रै स्लो छ। अनि उहाँहरुले भन्नुभयो, अर्को एकाउन्ट खोल्नु र फेसबुकमा रिपोर्ट गर्नु। प्रहरीले गर्ने
त्यत्ति हो त
? ह्याकरले फेसबुकबाट मनलागी गर्न सक्छ। उसलाई समातेर
कारबाही गर्नुपर्दैन
? प्रहरीले त्यस्तो गर्न नसक्ने नै हो कि नगरेको हो, मैले बुझिन।

प्रहरीसँग जुन अपेक्षा राखेर
गएको थिएँ
, त्यो पाइन। अब म आफ्नै तरिकाले काम गर्छु। त्यो ह्याकरले के
गर्छ त्यसको डर छैन। किनकी मेरो प्रोफाइल भनेको म आफैं हुँ
, फेसबुक हैन। सेतोपाटीमा
खबर छ