यमनको दक्षिणी सहर एडेनमा आत्मघाती आक्रमण,६० जनाको मृत्यु

यमनको दक्षिणी सहर एडेनमा सेनाको ट्रेनिङ क्याम्पमा गराइएको आत्मघाती आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।
ट्रेनिङ क्याम्प सरकार समर्थित  पपुलर रेजिस्टेन्स  नामको मिलिसिया समूहले सन्चालन गरेको बताइएको छ । आक्रमणमा परी धेरै घाइते भएका छन् ।
यो मिलिसियाले गत वर्ष हुथी विद्रोहीलाई एडेन सहरबाहिर धपाउन भूमिका खेलेको थियो ।
आक्रमणको जिम्मेवारी इस्लामिक चरमपन्थी समूह  आइएस ले लिएको बताइएको छ ।
यमनमा साउदी सरकारको सहयोगमा रहेको यमनी सरकार र विद्रोहीबीच १७ महिनादेखि संघर्ष चलिरहेको छ ।
सन् २०१५ को जनवरीमा शिया हुथी विद्रोहीले राजधानी सनामा नियन्त्रण कायम गरेपछि यमनमा गृहयुद्व सुरु भएको हो ।
संघर्षका कारण ६ हजार ६ सयको मृत्यु भइसकेको छ । २५ लाख मानिस विस्थापित भएका छन् । (एजेन्सी)