ज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको छ । उज्वेक सरकारले ७८ वर्षीय राष्ट्रपति कारिमोभको निधन भएको पुष्टि गरेको छ ।
उनको ब्रेन ह्यामरेज भएपछि गत साता अस्पताल भर्ना गरिएको र अवस्था चिन्ताजनक रहेको बताइएको थियो । कारिमोभले सन् १९८९ यता उज्वेकिस्तानको सत्ता सम्हाल्दै आएका थिए ।
उनको निधनमा तीनदिन राष्ट्रियशोकको घोषणा गरिएको छ । एसियाकै एक तानाशाही नेताकारुपमा चिनिएका कारिमोभका कुनै उत्तराधिकारी नरहेको र त्यहाँको सन्चारमाध्यम सरकारको नियन्त्रणमा रहेको बीबीसीले जनाएको छ ।
उनको अत्येष्टिको तयारी गरिएको बताइएपनि उत्तराधिकारीका विषयमा भने अनिश्चितता कायमै छ ।
तर, प्रधानमन्त्री शाभ्कात मिर्जियोयेभको सम्भावना बढी देखिएको छ । (एजेन्सी)