गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय स्वाधिनता र शैक्षिक समानताका लागि हाम्रो आन्दोलन,संघियताको खारेजी र संबिधान कार्यान्वयनको पक्षमा २३ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका यहि असौज १ र २ गते सन्धिखर्कमा सम्पन्न गर्न लागिरहेको तेइसौँ जिल्ला सम्मेलनको तयारी र असौज १४ देखि १६ सम्म काठमाडौंमा हुन लागिरहेको बिसौ राष्ट्रिय सम्मेलनको प्रचार-प्रसारमा जुटेको अखिल (छैठौं) अर्घाखाँचीले जिल्लामा विद्यार्थी जागरण अभियान लाई तीव्रता दिएको छ ।
जस अन्तर्गत भाद्र १५ गते बुधबार जिल्लाका विभिन्न विद्यालयहरुमा प्रशिषण तथा भेला कार्यक्रम सम्पन्न गरेको छ ।
शिद्द मा.वि. बाँगीमा अखिल (छैठौं)का जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र सचिवालय सदस्य बिष्णु के.सी.ले प्रशिक्षण दिनुभएको भेलाले रमेश कुंवरको अध्यक्षतामा ६१ सदस्यिय अखिल (छैठौं) शिद्द मा.बि.मुल इकाई समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षहरुमा सुदन आचार्य र सन्दीप कुवर चयन हुनुभएको छ । यसैगरी समितिको सचिवमा सिर्जना भुसाल,सह-सचिव मनिषा खड्का र कोषाध्यक्षमा कविता भुसाल चयन हुनुभएको छ । भेला सत्तिस कुंवरको अध्यक्षता र रन्जित परियारको सन्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच सोही टोलीले शान्ति उच्च मा.वि.बाँगीमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । शान्ति उच्च मा.वि.मा टोमलाल भुसालको अध्यक्षतामा २९ सदस्यिय अखिल (छैठौं) मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्ष ,सचीव,सह-सचिव र कोषाध्यक्षमा क्रमशः ऋषि पाण्डे,सिमा के.सी.,मनिषा के.सी.र सुरक्षा महत रहनुभएको छ ।
यस्तै टोलिले अशोक अधिकारीको अध्यक्षतामा ५१ सदस्यिय सम्मेलन प्रचार-प्रसार समितिको गठन गरेको छ । समितिको उपाध्यक्ष लक्ष्मी आचार्य,सचिव सुदिप भुसाल,सह-सचिव पुस्पा आचार्य र कोषाध्यक्षमा सुदन भुसाल चयन हुनुभएको छ ।
टोलिले बिकास भुसालको अध्यक्षतामा २१ सदस्यिय कक्षा ९ को कक्षा समिति समेत गठन गरेको छ । जसको उपाध्यक्ष,सचिव,सह-सचीव र कोषाध्यक्षमा क्रमशः अनुस्का आचार्य ,संगीता भुसाल,बिशाल भुसाल र बिपना भुसाल छनोट हुनुभएको छ ।
त्यसैगरी अखिल (छैठौं)को अर्को टोलिले भाद्र १५ गते नेपाल राष्ट्रिय उच्च मा.बि. पणेनामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला कोषाध्यक्ष अनिल खनाल, हेमराज मुखिया र केशव खनालले सहजीकरण गर्नुभएको भेलाले नारायण पोख्रेलको अध्यक्षतामा ११ सदस्यिय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा भद्र बहादुर सुनार,सचिवमा चुरा बहादुर भट्टराई,सह-सचिवमा राम प्रसाद श्रेष्ठ र कोषध्यक्षमा प्रकाश पोख्रेल रहनुभएको छ । सोही टोलीले सरस्वती मा.वि पणेनामा प्रशिक्षण तथा भेला सम्पन्न गरेको छ ।
भेलाले भाष्कर रावलको अध्यक्षतामा २५ सदस्यिय सरस्वती मा.वि. पणेना मुल ईकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सिता पौडेल,सचिव अच्युत भट्टराई,सह-सचिव मोहन गौतम र कोषध्यक्षमा लिलामणी गौतम चयन हुनसभएको छ ।
यसैगरि अखिल (छैठौँ)अर्घाखाँचीले भाद्र १६ गते बिहिबार जिल्लाका विभिन्न विद्यालयहरुमा प्रशिषण तथा भेला कार्यक्रम सम्पन्न गरेकोे छ ।
अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र सचिवालय सदस्य बिष्णु के.सी.ले आर्दश उच्च मा.वि.खनदहमा प्रशिक्षण दिनुभएको भेलाले मिलन चौहानकोे अध्यक्षतामा १५१ सदस्यीय अखिल (छैठौं)आर्दश उच्च मा.वि. मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षहरुमा हरी खनाल र निशा नेपाली चयन हुनुभएको छ । नव गठित समितिको सचिवमा मनिषा खनाल ,सह-सचिव सरोज रिजाल र कोषाध्यक्षमा रविन खत्री र सह-कोषध्यक्षमा सविना खनाल चयन हुनुभएको छ ।
यसैबिच सोही टोलीले कालिका ने.रा. उच्च मा.वि. खनमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । भेलाले शंकर सुनारको अध्यक्षतामा ३३ सदस्यिय अखिल (छैठौंं) मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सभ्यता सुवर्णकार र पदम वि.क.चयन हनु भएको छ । समितिको सचिवमा अविनास खड्का ,सह-सचिवमा अजय वि.क.र कोषध्यक्षमा केशव वि.क. रहनुभएको छ ।
यस्तै टोलिले किरण मा.वि खनमा सुदन खनालको अध्यक्षतामा ४३ सदस्यीय मुल ईकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा कुसुम सेजवाल र विष्णुमाया बुढाथोकी रहनु भएको छ । सचिवमा लाल बहादुर वि.क.,सह-सचिवमा मदन कुवंर र कोषध्यक्षमा सुदिप खनाल चयन हुनु भएको छ ।
त्यसैगरी अखिल (छैठौं)को अर्को टोलिले हरिहर संस्कृत तथा साधारण उच्च मा.वि. पोखराथोकमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य देवि प्रसाद भुसाल,अखिल (छैठौँ)का जिल्ला कोषाध्यक्ष अनिल खनाल,हेमराज मुखिया र केशव खनालले सहजीकरण गर्नुभएको भेलाले लक्ष्मी घिमिरेको अध्यक्षतामा २१ सदस्यिय मुल ईकाई समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा विनोद जि.सी.,सचिव भोजराज पौडेल,सह-सचिवमा रचना गौतम र कोषध्यक्षमा सगुन पराजुली चयन हुनुभएको छ । सोही टोलीले भगवती भवन राष्ट्रिय मा.वि. खिदिममा प्रशिक्षण तथा भेला सम्पन्न गरेको छ ।
भेलाले रविन बन्जाडेको अध्यक्षतामा २३ सदस्यिय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सुगम भुसाल,सचिव अस्मिता रायमाझी ,सह-सचिव कोपीला भट्टराई र कोषध्यक्षमा केशव बन्जाडे छनोट हुनुभएको छ ।
यसैगरि अखिल छैठौं अर्घाखाँचीले भाद्र १७ गते शुक्रबार सरस्वती माता मा.वि.अर्घातोषमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल (छैठौँ)का जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र बिष्णु के.सी.ले प्रशिक्षण दिनु भएको भेलाले बल बहादुर कुवंरको अध्यक्षतामा ३७ सदस्यिय सरस्वती माता मा.वि.अर्घातोष मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अन्जिता पोख्रेल,सचिव श्रीधर पोख्रेल,सह-सचिव बर्षा भुसाल र कोषध्यक्षमा रिमा खनाल चयन हुनु भएको छ ।
भेला रन्जित परियारको अध्यक्षता,अविनास खड्काको स्वागत मन्तव्य र सतिष कुवंरको संचालनमा संपन्न भएको थियो ।
त्यस्तै अखिल (छैठौं)को अर्को टोलिले फर्सवाटाकुरा उच्च मा.वि.खिदिममा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य देवि प्रसाद भुसाल,अखिल (छैठौँ)का जिल्ला कोषाध्यक्ष अनिल खनाल,हेमराज मुखिया र केशव खनालले सहजीकरण गर्नुभएको भेलाले सागर पोख्रेलको अध्यक्षतामा १७ सदस्यिय मुल ईकाइ समितिको गठन गरेको छ ।जसको उपाध्यक्षमा अर्जुन थापा , सचिवमा उषा के.सी.र कोषाध्यक्षमा जिवन ठडराई चयन हुनु भएको छ ।
जिल्ला सम्मेलन र राष्ट्रिय सम्मेलनको मिति नजिकिदै गर्दा पछिल्लो समय अखिल (छैठौँ) अर्घाखाँचीले विद्यार्थी जागरण अभियानमा तिव्रता दिएको हो । शैक्षिक समानता र राष्ट्रिय एकताको लागि २० औँ राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ अखिल (छैठौँ)ले आगामी असौज १४ देखि १६ सम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्नेभएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री चित्र बहादुर के.सी.ले उद्घाटन गर्नुहुने राष्ट्रिय सम्मेलनको तयारि स्वरुप अखिल (छैठौँ)ले देशैभर सांगठनिक गतिबिधिलाई तिब्रता दिएको छ ।