असुरकोट गाबिस – २ स्थित पौवामा । फाइल
गोपाल प्रसाद भट्टराई
असुरकोट,अर्घाखाँची । अर्घाखाँची जिल्लाको असुरकोट गा.वि.स.मा एक किशोरीको पोखरीमा डुबेर ज्यान गएको छ ।
बुवाको स्वर्गारोहण पछि आमाले समेत छाडेर अन्यन्त्रै गएपछि असुरकोट-६ निवासी अंकल दिपक आलेको घरमा बस्दै आएकी १६ बर्षिया निशा आलेको भाद्र २२ गते बुधबार दिउसो गाग्रोमा पानी भर्ने क्रममा पोखरीमा डुबेर ज्यान गएको स्थानिय तुल्सीराम बेल्वासेले जानकारी दिनुभयो ।
जनप्रिय उच्च मा.वि.असुरकोटमा कक्षा ८ मा पढ्दै गरेकी बालिका निशा आलेलाई समय-समयमा रिङ्गटा लाग्ने स्वास्थ्य समस्या रहेको स्थानियहरुको भनाइ रहेको छ ।
असुरकोट गाबिस – २ स्थित पौवामा । फाइल