अर्घाखाँची जिल्ला न्यायाधीश बास्तोलाद्वारा अदालतले जनमुखि न्याय दिन सफल भएको उल्लेख

सुर्य प्र भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायाधीश केसब प्रसाद बास्तोलाले लुम्बिनी अन्चलमा नै जिल्ला अदालत अर्घाखाँची पहिलो हुन सफल भएको बताउनु भएको छ । 
जिल्ला अदालत अर्घाखाँचीमा भएको कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश बास्तोलाले जनमुखि न्याय दिलाउन अदालत सफल भएको बताउदै जिल्ला अदालतमा अहिले एक बर्ष भित्रका कुनै पनि मुद्दा नभएको जानकारी गराउनु भयो ।  उहाले अदालतमा धेरै खालका मुद्दा निशुल्क लेखाउने ब्यबस्था रहेको बताउदै सबै को सहयोग अाबश्यक रहेको बताउनु भयो।  
अन्यायमा परेकाहरुलाई न्याय दिलाउनका लागि अदालतमा अाउने बानी पार्नका लागि सन्चारकर्मीहरुलाई अाग्रह गर्नु भयो । 
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नेपाल बार एसोसिएसनका जगन्नाथ भुसाल जिल्ला मालपोत कार्यालयका प्रमुख लोक बहादुर कार्की, जिल्ला कारागारका प्रमुख यज्ञ पन्थी, जिल्ला बिकास समितिका हरिषचन्द भुसाल लगायतले मन्तब्य राख्नु भएको थियोे । 
कार्यक्रममा सन्चारकर्मी गाबिस सचिब कर्मचारीहरुको सहभागीता रहेको थियो ।  कार्यक्रम टेकराज गैरेको सन्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु