धारापानीमा अखिल छैठौँको प्रशिक्षण कार्यक्रम सम्पन्न

 गोपाल प्रसाद भट्टराई 
धारापानी, अर्घाखाँची । २३ औं जिल्ला सम्मेलनको तयारी तथा २० औं राष्ट्रिय सम्मेलनको प्रचार -प्रसारमा जुटेको अखिल छैठौं अर्घाखाँचीले सोमबार जिल्लाका विभिन्न विद्यालयहरुमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई, जिल्ला सह-सचिव सन्देश खनाल , सचिवालय सदस्य विष्णु के.सी र सत्तिश कुवंरले प्रशिक्षण दिनुभएको भेलाले शान्ती उच्च मा.वि.धारापानीमा आकाश भाटको अध्यक्षतामा १६१ सदस्यीय मा.वि.स्तरिय मुल ईकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा पुजा सुनार,सचिवमा मौसम के.सी ,सह-सचिवमा संगिता भाट र कोषध्यक्षमा सुष्मा पौडेल चयन हुनु भएको छ । यस्तै सोही विद्यालयमा पिताम्वर दमासेको अध्यक्षतामा ४१ सदस्यीय उच्च मा.वि.स्तरिय मुल ईकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा रिना वि.क,सचिवमा गुणनिधि भुसाल,सह-सचिवमा कृष्ण भुसाल र कोषध्यक्षमा पुष्पा बेलवासे चयन हुनु भएको छ । 
यस्तै टोलिले अन्नपुर्ण मा.वि.धारापानीमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ । भेलाले सुरज पौडेलको अध्यक्षतामा ५१ सदस्यीय मुल ईकाइ समितिको गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा सपना बन्जाडे ,सचिवमा नविन बन्जाडे, सह-सचिवमा मनिषा परियार र कोषाध्यक्षमा दिनिसा भुसाल चयन हुनु भएको छ । 
त्यस्तै सोही टोलीले विरेन्द्र नि.मा.वि.धारापानीमा पनि हिजै प्रशिक्षणमुलक भेला सम्पन्न गरेको छ । भेलाले खुशी सुनारको अध्यक्षतामा ३१ सदस्यीय मुल ईकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा विशाल पौडेल,सचिवमा सृष्टि सुनार ,सह-सचिवमा अस्मीता बन्जाडे र कोषाध्यक्षमा सुन्दर सुनार चयन हुनु भएको छ । 
यता अखिल छैठौँको सोही टोलीले बालशिक्षा मा.वी ढाकावाङ्गमा पनि प्रशिक्षण तथा भेला संपन्न गरेको छ । भेलाले चन्द्र बहादुर वि.क को अध्यक्षतामा ३५ सदस्यीय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सविता खनाल,सचिवमा लिला थापा,सह-सचिवमा आशा अधिकारी र कोषाध्यक्षमा भावना भुसाल चयन हुनु भएको छ । 
यस्तै अखिल छैठौँको अर्को टोलिले हिजो जनप्रिय उच्च मा.वि. असुरकोटमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
अखिल छैठौंका जिल्ला उपाध्यक्ष जितेन्द्र खत्री र कोषाध्यक्ष अनिल खनालले प्रशिक्षण दिनु भएको भेलाले प्रतिक्षा वि.क.को अध्यक्षतामा ७१ सदस्यीय मुल इकाइ समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा कुशल आचार्य सचिव कुष्मा आचार्य सह-सचिवमा क्रिष्टल बन्जाडे र कोषाध्यक्षमा सागर श्रेष्ठ चयन हुनु भएको छ ।  यसैगरी शान्ती मा.वी. खिल्जीमा पनि सोही टोलिले प्रशिक्षण तथा भेला संपन्न गरेको छ । 
भेलाले अस्पन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अविना भण्डारी,सचिवमा शंकर बस्नेत ,सह-सचिवमा सन्जु पौडेल र कोषध्यक्षमा नवराज खनाल चयन हुनु भएको छ । 
आगामी असोज र १ र २ गते अखिल छैठौं अर्घाखाँचीले २३ औ जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न गर्ने जनाएको छ । 

अन्य समाचारहरु