खाँचीकोटका महिला व्यवसायिक रुपमा बिउ उत्पादनमा लागे

खाचिकोटको भुजुङेमा बाख्रा पालन समुह । 

प्रेम नारायण आचार्य 
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँचीको खाँचीकोटका महिला व्यवसायिक रुपमा बिउ उत्पादनमा लागेका छन् । गाउँका महिला समूह बनाएर बिउ उत्पादनमा लागेका हुन् । 
खाँचीकोटमा रहेको सृजनशिल ग्रामीण महिला कृषक समूह र हरियाली महिला कृषक समूहका महिला व्यवसायिक रुपमा बिउ उत्पादनमा लागेका हुन् । सृजनशिल महिला समूहले यस वर्ष मनकामना ३ मकैको ३१ मेट्रिक टन र ४० दिने मुलाको एक मेट्रिक टन बिउ उत्पादन गरेको छ । 
त्यस्तै हरियाली महिला कृषक समूहले मनकामना ३ मकैको १५ मेट्रिक टन र चौमासे सिमीकोे १६ मेट्रिक टन बिउ उत्पादन गर्न लागेको समूहकी अध्यक्ष सरिता पुरीले बताउनुभयो । 
जिल्लाको सन्धिखर्क नगरपालिकासहितका विभिन्न गाविसका कृषि सहकारी र समूहले सिमी, बोडी, मकै, गँहु, केराउ, मुला र धान लगायतको बिउ उत्पादन गर्ने गरेका छन् । 
उन्नत बिउबिजनमा एक वर्षभित्र जिल्ला आत्मनिर्भर हुने गरी काम भइरहेको कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले बताउनुभयो । 

अन्य समाचारहरु