अखिल (छैठौं) अर्घाखाँचीभर विद्यार्थी जागरण अभियानमा

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । ”राष्ट्रिय स्वाधिनता र शैक्षिक समानताका लागि हाम्रो आन्दोलन,संघियताको खारेजी र संबिधान कार्यान्वयनको पक्षमा २३ औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ यहि असौज १ र २ गते सन्धिखर्कमा सम्पन्न गर्न लागिरहेको तेइसौँ जिल्ला सम्मेलनको तयारी र शैक्षिक समानता र राष्ट्रिय एकताका लागि २० औँ राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ असौज १४ देखि १६ सम्म काठमाडौंमा हुन लागिरहेको २० औँ राष्ट्रिय सम्मेलनको प्रचार-प्रसारमा जुटेको अखिल (छैठौं) अर्घाखाँचीले जिल्लामा विद्यार्थी जागरण अभियान लाई तीव्रता दिएको छ । 
जस अन्तर्गत भाद्र २२ गते बुधबार जिल्लाको नुवाकोट गा.वि.स.को  नुवाकोट मा.वि  चिदिचौरमा प्रशिक्षण तथा भेला कार्यक्रम संपन्न गरेको छ । अखिल छैठौँका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र सचिवालय सदस्य विष्णु के.सी.ले प्रशिक्षण दिनु भएको भेलाले सावित्रा सारुको अध्यक्षतामा  ३३ सदस्ययीय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा चन्दा थापा र शिव बहादुर जि.सी. ,सचिवमा हरि बहादरु विश्वकर्मा सह-सचिवमा राहुल पुन मगर र कोषाध्यक्षमा मनिषा वि.क.चयन हुनु भएको छ ।  कार्यक्रम पारस वि.सी.को संचालनमा संपन्न भएको थियो । 
यस्तै अर्घा रजस्थल मा.वि. अर्घामा पनि अखिल छैठौँको प्रशिक्षण तथा भेला संपन्न भएको छ । भेलाले रन्जित परियारको अध्यक्षता ५५ सदस्यीय मुल ईकाई कमिटिको गठन गरेको छ । जसको उपाध्यक्ष मिलन पौडेल,सचिवमा बिना थापा, सह-सचिवमा दिपक खड्का र कोषध्यक्षमा सिर्जना भुसाल  चयन हुनु भएको छ । कार्यक्रम जिल्ला सह-सचिव सन्देश खनाल र संतिश कुवर को सहजीकरण र रन्जित परियारको संचालनमा संपन्न भएको थियोे । 
यस्तै अखिल छैठौं अर्घाखाँचीले भाद्र २४ गते शुक्रबार सन्धिखर्क नगरपालिका भित्रका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्ंपन्न गरेको छ । 
जस अन्र्तगत अखिल छैठौंले अर्घाखाँची शिक्षा  क्याम्पस सन्धिखर्कमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र उपाध्यक्ष जितेन्द्र खत्रीले सांगठनिक तथा देशको समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण पछिको भेलाले हिम्मत खनालको अध्यक्षतामा १५ सदस्यीय अर्घाखाँची शिक्षा क्यामपसमा उच्च मा.वि.स्तरिय अखिल छैठौं मुल ईकाई समितिको गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा मनकला बन्जाडे,सचिवमा विशाल रायमाझी ,सह(सचिवमा विजय भुसाल र कोषध्यक्षमा अमृत पौडेल चयन हुनु भएको छ ।कार्यक्रम अखिल छैठौंका जिल्ला सह-सचिव सन्देश खनालको संचालनमा संपन्न भएको थियो ।  
त्यस्तै अखिल छैठौँको अर्को टोलीले सन्धिखर्क नगरपालिकाकै जनज्योती उच्च मा.वि.मा पनि प्रशिक्षण तथा भेला संपन्न गरेको छ ।
अखिल छैठौँका जिल्ला कोषाध्यक्ष अनिल खनाल,सचिवालय सदस्य बिष्णु के.सी.र सत्तिस कुँवरले सहजिकरण गर्नुभएको भेलाले सागर खनालको अध्यक्षतामा ३५ सदस्यिय जनज्योती उच्च मा.वि.मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा प्रदिप भुसाल र सन्तोष भुसाल ,सचिवमा माधव खनाल ,सह(सचिवमा बन्दना के.सी र कोषध्यक्षमा अस्मीता पौडेल चयन हुनु भएको छ । 
 
यसैगरी युवाबर्ष जनता रविचित्र उच्च मा.वि.सन्धिखर्कमा पनि अखिल छैठौँले प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न गरेको छ । अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र कोषाध्यक्ष अनिल खनालले प्रशिक्षण दिनु भएको भेलाले राजन भुसालको अध्यक्षतामा २७ सदस्यिय मुलईकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अर्जुन पाण्डे ,सचिवमा दिक्षा चुदाली ,सह(सचिवमा आशिष रेग्मी र कोषाध्यक्षमा ईषा पौडेल चयन हुनु भएको छ । 
यस्तै अखिल छैठौँले भगवति उच्च मा.वि.कुर शंखेटारीमा पनि प्रशिक्षण तथा भेला सम्पन्न गरेको छ ।भेलाले महेन्द्र भुसालको अध्यक्षतामा ४१ सदस्यीय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अनिता थापा,सचिवमा संजय कुमार श्रेष्ठ ,सह-सचिवमा प्रवेश आचार्य र कोषध्यक्षमा नमुना आचार्य चयन हुनु भएको छ ।त्यस्तै भेलाले नविन दमासेको अध्यक्षतामा ९७ सदस्यिय सम्मेलन प्रचार प्रसार समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा मिलन गैरे,सचिवमा मनिषा रायमाझी,सह-सचिवमा निसा रानाभाट र कोषाध्यक्षमा बर्षा भुसाल चयन हुनु भएको छ । भेला अखिल छैठौंका जिल्ला सह-सचिव सन्देश खनाल र संतिश कुँवरको प्रशिक्षण र जनज्योती उच्च मा.वि.का मुल इकाई समिति उपाध्यक्ष सन्तोष भुसालको संचालनमा संपन्न भएको हो । 
यसैगरी अखिल छैठौँ अर्घाखाँचीले भाद्र २७ गते सोमबार पनि विद्यार्थी जागरण अभियानलाई तिब्रता दिएको छ ।
जस अन्र्तगत शान्ति उच्च मा.वि.धारापानीमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई ,जिल्ला सह-सचिव सन्देश खनाल , सचिवालय सदस्य विष्णु के.सी र सत्तिश कुवंरले प्रशिक्षण दिनुभएको भेलाले शान्ती उच्च मा.वि.धारापानीमा आकाश भाटको अध्यक्षतामा १६१ सदस्यीय मा.वि.स्तरिय मुल ईकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा पुजा सुनार,सचिवमा मौसम के.सी ,सह-सचिवमा संगिता भाट र कोषध्यक्षमा सुष्मा पौडेल चयन हुनु भएको छ । यस्तै सोही विद्यालयमा पिताम्वर दमासेको अध्यक्षतामा ४१ सदस्यीय उच्च मा.वि.स्तरिय मुल ईकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा रिना वि.क,सचिवमा गुणनिधि भुसाल,सह-सचिवमा कृष्ण भुसाल र कोषध्यक्षमा पुष्पा बेलवासे चयन हुनु भएको छ । 
यस्तै टोलिले अन्नपुर्ण मा.वि.धारापानीमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ । भेलाले सुरज पौडेलको अध्यक्षतामा ५१ सदस्यीय मुल ईकाइ समितिको गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा सपना बन्जाडे ,सचिवमा नविन बन्जाडे,सह-सचिवमा मनिषा परियार र कोषाध्यक्षमा दिनिसा भुसाल चयन हुनु भएको छ । 
त्यस्तै सोही टोलीले विरेन्द्र नि.मा.वि.धारापानीमा पनि हिजै प्रशिक्षणमुलक भेला सम्पन्न गरेको छ । भेलाले खुशी सुनारको अध्यक्षतामा ३१ सदस्यीय मुल ईकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा विशाल पौडेल,सचिवमा सृष्टि सुनार ,सह-सचिवमा अस्मीता बन्जाडे र कोषाध्यक्षमा सुन्दर सुनार चयन हुनु भएको छ । 
यता अखिल छैठौँको सोही टोलीले बालशिक्षा मा.वी ढाकावाङ्गमा पनि प्रशिक्षण तथा भेला संपन्न गरेको छ । भेलाले चन्द्र बहादुर वि.क को अध्यक्षतामा ३५ सदस्यीय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सविता खनाल,सचिवमा लिला थापा, सह-सचिवमा आशा अधिकारी र कोषाध्यक्षमा भावना भुसाल चयन हुनु भएको छ । 
यस्तै अखिल छैठौँको अर्को टोलिले हिजो जनप्रिय उच्च मा.वि. असुरकोटमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
अखिल छैठौंका जिल्ला उपाध्यक्ष जितेन्द्र खत्री र कोषाध्यक्ष अनिल खनालले प्रशिक्षण दिनु भएको भेलाले प्रतिक्षा वि.क.को अध्यक्षतामा ७१ सदस्यीय मुल इकाइ समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा कुशल आचार्य सचिव कुष्मा आचार्य सह-सचिवमा क्रिष्टल बन्जाडे र कोषाध्यक्षमा सागर श्रेष्ठ चयन हुनु भएको छ ।  यसैगरी शान्ती मा.वी. खिल्जीमा पनि सोही टोलिले प्रशिक्षण तथा भेला संपन्न गरेको छ । 
भेलाले अस्पन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अविना भण्डारी,सचिवमा शंकर बस्नेत, सह-सचिवमा सन्जु पौडेल र कोषध्यक्षमा नवराज खनाल चयन हुनु भएको छ । 

अन्य समाचारहरु