सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय सुचना अायोगका सुचना अायुक्त यसोधा तिमिल्सिनाले सुचनाको हकलाई कसैले पनि दुरुपयोग गर्न नहुने बताउनु भएको छ ।
राष्ट्रिय सुचना अायोगले सन्धिखर्कमा अायोजना गरेको सुचना को हकसम्बन्धी कानुन कार्यनयन का लागि अभिमुखिकरण कार्यक्रम को उदघाटन गर्दै उहाले सुचनाको हक लाई कसैले पनि कुन्ठित गर्न नहुने बताउनु भयो । उहाले सुचना दुरुपयोग गर्ने उदेश्य ले माग्नु भन्दा पनि समाज मुलुक परिबर्तन तथा पारदर्शिता का लागि सबै ले सुचना को हकलाई कार्यनयन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले सुचना माग कर्ताहरुले मागेको सुचना सबै सरोकारवाला कार्यलय हरुले उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सुचना अायोग का उपसचिव बेदनिधि तिबारि स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम सबुज गणका गणपति लक्ष्मि भक्त श्रेष्ठ प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल नेपाली काङ्ग्रेस का सभापति बिस्नु प्रसाद खनाल मुस्कान नेकपा एमाले का सचिब राम बहादुर चौहान नेकपा माअोबादि केन्द्र का सहसयोजक छमकुमारि खजाल राप्रपा नेपाल का फर्सुराम बेल्बासे राप्रपा का देबि बहादुर खड्का राष्ट्रिय जनमोर्चाका पसुपति ढकाल नयाँ सक्ति नेपाल का यमुना भुसाल राष्ट्रिय जनमुक्ति पाटिका ईन्द्द गेलाङ परिवार दलका डिल्लि राज भुसाल महिला बिकास अधिकृत दिपा घिमिरे समाज सेबि रिषब अधिकारी पत्रकार माहासघका कोषाध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राखनु भएको थियोे ।
कार्यक्रम मा जिल्ला स्थित सबै कार्यलय का प्रमुखहरु सुचना अधिकारी हरु सन्चारकर्मि नागरिक समाजका प्रतिनिधि सुचना माग कर्ता हरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा सिअाई जि अध्यक्ष मुक्तिनाथ भुसाल ले सुचनाको हक र त्यसको कार्यनयन का बिषयमा अबधाराणा पेस गर्नु भएको थियोे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल को अध्यक्ष ता सुचना अायुक्त यसोधा तिमिल्सिना को प्रमुख अथित्यता बिधालय निरिक्षण नारायण पोख्रेल को सन्चालनमा सम्पन्न भएको हो ।