अर्घाका क्यान्सर पीडित प्रकाश गन्धर्वद्वारा आर्थिक सहयोगको याचाना, इजरायलमा रोजगारी गर्ने गाउँलेको पहलमा आर्थिक संकलन

अर्जुन भुसाल
       
सन्धिखर्क, अर्घाखाँची भदौ ३१ ।  आर्थिक अभावका कारण उपचार गर्न नपाएका सन्धिखर्क १३ अर्घाका क्यान्सर पीडित प्रकाश गन्धर्वलाई उपचारका लागि  आर्थिक सहयोग जुटन थालेपछि निको हुने आशा पालाएको छ । 
क्यान्सर पीडित प्रकाशलाई  एम्बुलेन्समा राखेर उपचार गर्न चितवन लैजाँदै । तस्बिर:  अर्जुन भुसाल 
आर्थिक अभावका कारण रोग पालेर बस्न बाध्य भएका उनको सहयोगमा इजरायलमा रोजगारी गर्ने अर्घाका युवाहरुले आर्थिक सहयोग संकलनमा जुटेका छन्  । इजरायलमा रहेका  अर्घाका कमल प्रसाद भुसालको पहलमा सहयोग अभियान सञ्चालन गरिएको हो । उनीहरुले ३५ हजार रुपैया संकलन गरि पठाइदिएका छन्   पाखुरामा अस्वभाविक ढंगले ट्युमर बढ्दै गएपछि उनी चिन्तामा परेका छन् । आर्थिक सहयोग जुटेपछि उनलाई परिवारले बिहिबार  उपचारका लागि चितवन लगेका छ । अर्घा धरम्पानीका लक्ष्मीनारायण चुँदाली र गोविन्द आचार्यले उपचारका लागि पठाउन सहयोग पु-याएपछि उनलाई एम्वुलेन्समा चितवन  लगिएको हो ।
अर्घाका समाजसेवी लक्ष्मी नारायण चुँदालीले सहयोग रकम आमा कमलालाई हस्तान्तरण गर्दै । तस्बिर:  अर्जुन भुसाल 
 ट्युमर बढ्दै गएपछि दुखाइ पनि निकै बढेको उनले बताए । ‘दुखाइले  निकै गाह्रो भएको छ’ उनले भने, ‘उपचार गर्न पाइने भएपछि निको हुने आशा जागेको छ ।’ समयमै उपचार नहुँदा धेरै पीडा खप्नु परेको उनी बताउँछन् । उनको उपचारका लागि थप आर्थिकको आवश्यकता पर्ने भएको छ । उनले आर्थिक सहयोगको याचाना गरेका छन् । ‘राम्रोसँग उपचार गर्न पाए बाच्ने थिएँ’ उनले भने, ‘थोरै-थोरै भए पनि सबैले सहयोग गरे उपचार गराउन पाउने थिएँ ।’  उनकी आमा कमलाले  आर्थिक अभावका कारण लामो समय सम्म पनि उपचार गराउन नसकिएको बताइन ।  ‘उपचार गराउने इच्छा हुँदा हुँदै पनि लामो समय सम्म घर मै राख्नु प-यो’ उनले भनिन,  ‘उपचार गर्न सहयोग जुटेपछि निकै खुसी लागेको छ ।’
प्रकाश धन कमाइ परिवारलाई सुख दिने अभिलाषाका साथ कतार गएका थिए । कतारमै रोगले समातेपछि उनी छिट्टै घर फर्कनु प-यो । घर आएपछि पनि उनी लामो समय सम्म पीडासँग जुधेर बसे ।  उनीहरुले सो रकम लक्ष्मी नारायण चुँदाली मार्फत उनको परिवारमा समक्ष पु-याएका छन् ।  चुँदालीले उनकी आमा कमलालाई सहयोग रकम हस्तान्तरण गरे । कमलाका श्रीमानको दुइ वर्ष अघि प्यारालाइसिसका कारण  निधन भएको थियो । श्रीमानको निधन, कमाउने छोरालाई क्यान्सर भएपछि उनको  परिवारमा बिचल्ली छाएको  छ । अर्का छोरा सुनिल पनि दाइलाई रोग गलाएपछि चिन्तित बनेका छन् । घरमा दुइ छोरी छन् ।  गरिविका कारणले उनीहरुले विभिन्न समस्या झल्दै आएका छन् । ११ वर्षिया कान्छी छोरी सिताले कक्षा  पाँचमा पढ्छिन भने १६ वर्षिया साइली छोरी सिमा घरकै कामले गर्दा पढाइबाट बञ्चित छिन् ।   

अन्य समाचारहरु