सबिधान दिबस अबसरमा सन्धिखर्कमा प्रबचन कार्यक्रम सम्पन्न, सबिधानको कार्यन्वयन सबैको दायित्व भएको जिल्ला न्यायाधीश बास्तोलाको भनाई (तस्बिर भिडियो सहित)

भिडियो: बिनोद गैरेबाट 

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला न्यायाधीश केसब प्रसाद बास्तोलाले जनता अहिले सार्बभौमसत्ता भएको बताउदै जनताका अधिकार एतिहासिक सबिधानले गरेको बताउनु भएको छ  ।
सबिधान दिबस २०७३ को अबसरमा सन्धिखर्कमा अायोजना गरिएको प्रबचन कार्यक्रममा मन्तब्य राख्दै जिल्ला न्यायाधीश बास्तोलाले सबै को हक अधिकार सुनिश्चित गरेको जनताको सबिधान जनताका प्रतिनिधि ले बनाउने यो अबसर नै सबैभन्दा ठुलो हामि सबैका लागि एतिहासिक भएको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सबिधानले जनता सबैभन्दा शक्तिशाली भएको बताउदै सम्बिधान कार्यनयन गर्ने तिर सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले नेपाली जनताको सबिधान सम्बिधान जनताका प्रतिनिधिले बनाएको एतिहासिक अबसरमा जिल्लाबासीमा शुभकामना ब्यक्त गर्नु भयो ।
 कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहान, नेकपा माओवादी केन्द्रका जिल्ला सयोजक ठाकुर कुमार बि क, राप्रपा नेपालका फर्सु राम बेल्बासे, राष्ट्रिय जनमोर्चाका झबिलाल थापा, पसुपति ढकाल, राप्रपाका देबि बहादुर थापा, परिबार दलका डिल्लि राज भुसाल,जनमुक्ति पाटिका ईन्रद गेलेङ, सबुज गणका गणपति लक्ष्मि भक्त श्रेष्ठ, सहायक जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत, वरिष्ठ कृर्षि बिकाश अधिकृत योग प्रसाद खरेल, जिल्ला बन अधिकृत बलिराम पन्डित, महिला बिकाश अधिकृत दिपा घिमिरे, कारागार प्रमुख यज्ञश्वर पन्थि, जिल्ला स्वास्थ प्रमुख डा. जगन्नाथ तिवारी लगायतका सबै कार्यलय प्रमुखहरु राजनीतिक कार्यकर्ता कर्मचारी स्काउट नेपाली सेना नेपाल प्रहरी  लगाएतको उपस्थिति रहेको थियोे।
कार्यक्रम शेषकान्त घिमिरेको सन्चालन स्थानीय बिकाश अधिकारी लक्ष्मि पान्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।
तस्बिरहरु: फेसबूकबाट 

अन्य समाचारहरु