केरुगां गाबिसले गुमायो एक इमान्दार, कर्मठ र समाजसेवी राष्ट्रसेवक चेतनारायण पाण्डे

सुशील खनाल
केरुङ्गा, अर्घाखाँची । गुल्मीको कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषी विकास अधिकृत ५१ बर्षिय चेतनारायण पाण्डेको आज विहान करिव ५ वजेको समयमा भरतपुरको मेडिकल कलेजमा उपचारका क्रममा दुखद निधन भएको छ।
 अर्घाखाँचीको केरुङ्गा गाविस वडा नम्वर ४ मा स्थायी घर भएका चेतनारायण पाण्डे केटाकेटी देखि वुढावुढी सम्म सवैका प्यारा र मिजाशिला व्यक्ति हुनुहुन्थ्यो। उहाँ २३ वर्ष अघि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो, लामोसमयसम्म मुगु जिलामा सेवा गर्नुभएका पाण्डे दशैतिहारमा घरमा आउदा सबैको घरघरमा पस्ने र हास्दै हिड्ने गर्नुहुन्थ्यो। केटाकेटिलाइ अधिक माया गर्ने पाण्डेको दुखद घटनाबाट केरुगां अहिले पूर्णरुपमा शोकमग्न छ। पोहोर मात्र मुगुवाट छिमेकि जिल्ला गुल्मीमा सरुवा भई आउनुभएका पाण्डेलाइ लामोसमय आफ्नो ठाँउमा समय दिन दैवले दिएन।
 उहाँले छोटो कार्याकालमै कफी क्षेत्र विस्तार कार्यक्रम, मछ्यपालन , तरकारी खेती र विउ उत्पादन क्षेत्र विस्तारमा उल्लेखनिय भुमिका खेलि गुल्मेलि वासिको मन जित्नुभएको थियो । ‘उहाँ विरामी परे पनि काममा निकै खट्दै आउनु भएको थियो ,हाँसी खुशी गुल्मीवाट हिडनु भएका उहाँलाई आज यो अवस्थामा देख्दा समग्र गुल्मेलीवासी र अर्घाखाँचीवासी भावविहल भएका छन।
 उहाँका केरुङ्गा स्थित श्रीमति दुई छोरी र एक छोरा छन।

अन्य समाचारहरु