दलित उत्थान संघ अर्घाखाँचीको नागरिक शिक्षा सचेतना बिषयक गोष्ठी, मधेसको समस्या छिट्टै समधान हुने बिश्वकर्माको भनाई

सरिता भुसाल / सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संसद मान बहादुर बिश्वकर्माले मधेसको समस्या छिट्टै समधान हुने बताउनु भएको छ । 
नेपाल दलित उत्थान संघ अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको नागरिक शिक्षा सचेतना बिषयक गोष्ठीको उदघाटन गर्दै केन्द्रीय सदस्य बिश्वकर्माले संविधान संशोधन गरेर मधेसको समस्या समाधान गर्नका लागि काङ्ग्रेस तैयार रहेको बताउनु भयो । 
उहाले बर्तमान सरकारले एतिहासिक काम गर्ने बताउदै अर्घाखाँची जिल्लाको बिकास निर्माणमा अाफुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाले नौमुरे जलविद्युत अायोजनालाई छिटोभन्दा छिटो कामलाई अगाडि बढाउने गरि काम अगाडि बढन लागेको खुलासा गर्नु भयो । नेता बिश्वकर्माले काङ्ग्रेस भित्र कुनै पनि बिबाद नभएको बताउदै काङ्ग्रेसको नेतृत्वमा मुलुकमा ठुला ठुला उपलब्धि भएको दावी गर्नु भयो । 
कार्यक्रममा संसद लाल बाबु यादबले मधेसको समस्या समधान गरेर पार्टीहरु स्थानिय तथा सघिय चुनाबमा दलहरु लाग्नु पर्ने बताउनु भयो । 
पुर्ब मन्त्री काङ्ग्रेस केन्द्रीय सदस्य साम्सद मान बहादुर बिश्वकर्मालाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे र सार्वजनिक उच्च माबिका प्रअ जिबन कुमार श्रेष्ठ । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय बिकाश अधिकारी लक्ष्मि पान्डे गौतम, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता कमल प्रसाद भुसाल, नेकपा एमालेका नेता सरोज भुसाल, माअोबादी केन्द्रका सहसयोजक छम कुमारी खनाल, प्रहरी निरिक्षक सुजन राज सिह भन्डारी, काङ्ग्रेसका नेताहरु देबराज श्रेष्ठ, सफर मिया, लोकतान्त्रिक गैरसरकारी संस्थाका बाबुराम पौडेल, रोटरी क्लबका अध्यक्ष गोपाल पन्थि, काङ्ग्रेसका पुर्ब कोषाध्यक्ष हरि बहादुर खड्का, एफ ई एस नेपालका कार्यकारी निर्देश कमल देब भट्ट लगायतले मन्तब्य राख्नु भएको थियोे । 
कार्यक्रम नेपाल दलित उत्थान संघका जिल्ला अध्यक्ष कमल बिश्वकर्माको अध्यक्षता संस्थाका जयगोपाल श्रेष्ठको सन्चालन मान बहादुर बिश्वकर्माको प्रमुख अतिथ्यता सम्पन्न भएको हो ।

अन्य समाचारहरु