सरिता भुसाल / सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरिपालिका वार्ड न: १३, १४, १५ का विभिन्न क्षेत्रका बजारमा ५१ भन्दा बढी पसल अनुगमन गरी प्रशासनको टोलीले व्यापक रुपमा विभिन्न किसिमका अखाद्य पदार्थ, हल्का पेय पदार्थ जफत गरेको छ ।
सो ठाउँमा १७ लिटर लोकल रक्सी नषट ४ वोतल सिलवाला रक्सि जफत, ७ बटा तराजु काँटा पुन जफत, गरी होटल सफा गर्न चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिनु भयो ।
बरामद गरिएको सो सामान शनिबार जिल्ला प्रशासन कार्यालयको हाताभित्र नष्ट गरिएको छ । बजार अनुगमनको क्रममा सर्वसाधारण उपभोक्ताहरूलाई ठगी गर्नेहरुलाई नियन्त्रण गर्न सवैले सहयोग गर्दै उपभोक्ताले सामान खरिद गर्दा तौल र म्याद लेवल लगायतका बिषयमा ध्यान दिनु पर्ने भएपनि उपभोक्ताले ध्यान नदिएको गुनासो सहायक प्रजिअ खत्रीले गरेका थिए ।
प्रशासनले शनिबार समेत अनुगमनलाई निरन्तरता दिएको छ ।