गोखुङ्गामा सिआईजीको सूचना अधिकार सम्वन्धि अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

सुर्य भुसाल
गोखुङ्गा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सूचना तथा सुशासन अभियान, सिआईजीले आज श्री सूर्य उमावि गोखुङ्गा, अर्घाखाँचीमा सूचनाको अधिकार सम्वन्धि अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 
बिधालय प्रअ डुक प्रसाद पौडेलको अध्यक्षता, बिधालय ब्यवस्थापन समिति अध्यक्ष चन्द्र मणि खनालको प्रमुख आथीत्यता, शिक्षक तिर्थराज पौडेलको स्वागत भाषण र सिआईजी सदस्य तथा पत्रकार नविन केसीको सन्चालन रहेको सो कार्यक्रममा सिआईजीका अध्यक्ष तथा पत्रकार मुक्ति नाथ भुसालले सूचनाको हक सम्वन्धमा सहभागीहरुलाई भिजुअल मार्फत जानकारी गराउँनु भएको थियो । 
बिधालय प्रअ डुक प्रसाद पौडेलले सूचनाको हक सम्वन्धि जानकारी गराएर सिआईजीले एउटा ठुलै जिम्मेवारी निर्वाह गरेको बताउँदै जिल्लाका हरेक विधालयमा सिआईजी कार्यक्रम पुग्न आवस्यक भएको धारणा ब्यक्त गर्नु भएको थियो । 
त्यसैगरि ब्यवस्थापन समिति अध्यक्ष चन्द्र मणि खनालले आफनो भनाई राख्ने क्रममा भ्रष्टचारले पिल्सीएको समाजलाई सिआईजी कार्यक्रम कोछे ढुङ्गा सावित भएको र यसाई अझै ब्यापक बनाएर अगाडी बढन आफुहरुको सहयोग रहने बताउनु भएको थियो । 
कार्यक्रममा सिआईजी अध्यक्ष भुसालले बिधालय प्रअ पौडेललाई सूचनाको हक सम्वन्धि होडिङ्ग बोर्ड, सूचनाको हक र अर्घाखाँची नामक पुस्तक, ऐन नियमका संगालोहरु तथा प्रयाप्त पाठयसामाग्री निशुल्क रुपमा हस्तान्त्रररण गर्नु भएको थियो ।

अन्य समाचारहरु