अर्घाखाँची कपडा तथा फेन्सी व्यवसायीको वैठक सम्पन्न, दशै तिहारको अबसरमा व्यवसायीहरुले ग्राहकलाई पाँच प्रतिशत छुट दिइने

 अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची कपडा तथा फेन्सी व्यवसायी समितिको वैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न वैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
 वैठकले सबै फेन्सी व्यवसायीहरुले दशैदेखी तिहारको एकादशी सम्म ग्राहकलाई पाँच प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । यस्तै वैठकले गाउँ-गाउँमा अवैध रुपमा कुम्लामा बोकेर व्यापार गर्नेलाई  कारवाहीको दायरामा ल्याउन सबै एकजुट हुनुपर्ने निर्णय गरेको समितिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले कर नतिरी अवैध रुपमा गाउँ-गाउँमा गएर व्यापार गर्नेको पहिचान भइरहेको बताउनुभयो  ।
 बैठकले गरेका निर्णयहरु जिल्ला प्रशासन र नगरपालिकालाई जानकारी स्वरुप उपलव्ध गराउने उहाँले बताउनुभयो । कार्यक्रम संस्थाका सचिव बिजय केसीको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु