सुर्य भुसाल
ठुलापोखरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बढ्दै गैरहेको आत्महत्या न्युनिकरण एवम पत्रकारिता मार्फत समृद समाज निर्माणका निम्ति समृद समाजको आधार गाउँ-गाउमा पत्रकार ठाउँ ठाउँमा पत्रकार भन्ने उदेस्यले आज अर्घाखाँची जिल्लाको ठुलापोखरामा पत्रकारिता तथा मनोपरामर्स तालिम सम्पन्न भएको छ ।
ठुलापोखरा युवा परिषदको आयोजनामा उक्त तालिमसम्पन्न भएको थियो ।
ठुलापोखराको नेपाल राष्ट्रिय उच्च माबिमा भएको उक्त तालिममा बिधालयका प्राचार्य सालिकराम उपाध्याय, गाबिस सचिब पुष्कर आचार्य ठुलापोखरा उपस्वास्थ्य चौकी इन्चार्ज बिष्णु देव न्यौपाने,नेपाली कङ्रेस गाउँ सभापती खडानन्द पौडेल, नेकपा एमालेका मित्रलाल आचार्य, महिला तथा बालबालिका कार्यलयका बाल संरक्षक निरिक्षक पर्सुराम पाण्डेले शुभकामना मन्तब्य राख्दै पत्रकारिता जस्तो गरिमामय पेसामा गाउँ-गाउँमा यस्तो कार्य गरिनु समृद सामाज निर्माणको आधार भएको बताएका थिए ।
साथै पत्रकारिता सँगसँगै मनोपरामर्स तालिम प्रदान गरिनुले विधार्थीको हरेक क्षेत्र प्रभाबकारी रहने बक्ताहरुको भनाइ रहेको थियो । तालिम अर्घाखाँची टेलिभिजनका पत्रकारहरु तेजेन्द्र पान्डे,अन्जना खनाल र बिनिता परियारद्वारा प्रदान गरिएको थियो । बढ्दो आत्महत्या निउनिकरण र पत्रकारिता मार्फत समृद समाज निर्माणको निम्ति प्रदान गरिएको तालिम सम्योजक मनोपरामर्सकर्ता एवम पत्रकार तेजेन्द्र पाण्डेले जानकारी गराउनु भएको छ। ठुलापोखरा युवा परिसदका सचिब नवीन पौडेलले कार्यक्रम सन्चालन गर्नुभएको थियो । तालिममा विधालयका कक्षा ९ देखि १२ कक्षासम्म अध्ययनरत करिब ४६ जना छात्राछात्रको उपस्थिती रहेको थियो ।