भ्रष्टाचारको अखेडा बन्दै अर्घाखाँची जिल्ला

Image result for अर्घाखाँची arghakhanchi.com
सन्धिखर्क । 

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सामान्यतया भ्रष्टाचार मुक्त जिल्लाको रुपमा पर्ने अर्घाखाँची जिल्ला अहिले भ्रष्टाचारको अखेडा बन्न शुरु गरेको छ । 
जिल्लामा धेरै बजेट अाउने तथा बिकास हुने गरेको बाहिर अाएपनि त्यसको उल्टो जिल्लामा हुदै गएको छ । जिल्लामा अाएको सबै बजेट सहि ढंगले सदुपयोग हुने नगरेको स्थानियहरुले बताउने गरेका छन् । अषाढ मसन्तामा हतार-हतारमा बाटो निर्माण गर्ने श्रावणमा पानी परेपछि जस्ताको त्यस्तै हुने र बजेट सकिने काम यहाँको नौलो कुरा हो मान्न मिल्दैन । 
जिल्लामा सबैभन्दा ठुला बिकासे अड्डाले गरेका काम पनि सन्तोष जनक छैनन् । सन्धिखर्कमा सबैभन्दा ठुलो अायोजनाको रुपमा रहेको साल्झन्डी ढोरपाटन सडकको कन्चन खोला देखि अगाडिको ठेक्का लिएको ठेकदारले वर्षौदिन हुँदा समेत काम नगरि अलपत्र पारेको भएपनि सम्बन्धित सरकारी अधिकारी मौन छन् । नत ठेक्का लिने ठेकदारलाई कारबाही हुन्छ नत ठेकदारले काम गर्छ?सबैभन्दा महत्त्वपूर्ण कुरा त जिल्लामा कपिलवस्तुको गोरसिङेमा रहेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले अर्घाखाँचीमा धेरै नदि नियन्त्रण गरेको कागजी प्रक्रियामा देखाएको छ तर काम कुन ठाउँमा कहिले भएको हो भन्ने कुनै रेकर्ड छैन ।  ठुलाबडालाई १० बीस थान जालि दिने र गल्छि नियन्त्रणका नाममा लाखौ रुपैयाँ खर्च हुने गरेको छ । 
जिल्लामा कुन ठाउँमा कति काम भयो कति स्थानिय जनता लाभान्वित भए भन्ने कुनै अनुगमन र कार्यालयले सार्बजनिक गरेको छैन । जल उत्पन्न कार्यालयबाट गत बर्ष अर्घाखाँची जिल्लाका बिभिन्न ठाउँमा गरि लाखौं रुपैयाँ खर्च भएको छ यसको अनुगमन र नियन्त्रण गर्ने निकाय कुन हो ? कसैलाई थाहा छैन । जिल्लाका  लागि अाएको बजेट कपिलवस्तुबाट मनपरी खर्च गर्ने जनता लाभान्वित नहुने नत बास्तबिक पिडितले खेतमा हाल्ने जालि पाएका छन् नत ठुला गल्छि नियन्त्रण भएको देखिन्छ बजेट कहाँ गएको छ यसको लेखा जोखा नै छैन । 
कर्मचारीले सामान्य काममा समेत पिसि माग्ने गरेको नाम नबताउने सर्तमा एक निर्माण व्यवसायीले बताए । उनले भने कार्यालय सित काम गर्दा १० देखि माथि पिसि दिनुपर्ने बाध्यता छ । बाहिर भने काम झन हुदैन कसरी काम गर्न सकिन्छ उनले गुनासो गरे । निर्माण व्यवसायी मात्र हैन अन्य जनताको काम समेत सहज ढंगले नहुने गरेको गुनासो जनताको छ । अर्घाखाँची हेर्ने अपिस कपिलवस्तुमा छ त्यसमा पनि अर्घाखाँचीबाट जाँदा उसै दिन काम नहुने गरेको स्थानिय जनताले गुनासो गर्ने गरेका छन् । 

अन्य समाचारहरु