भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मु-कास्मिरमा विहीबार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा दुईजना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
स्थानीय समयानुसार विहीबार बिहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बिहान ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले विहीबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतंकवादीको इलाकामा हमला गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले राष्ट्र बचाउनका लागि सेनाले आफ्नो जिम्मेवारी निर्वाहकाक्रममा उक्त घटना भएको बताए ।
सीमा नियन्त्रण रेखामा आतंकवादीहरु जम्मा हुँदैछन् भन्ने जानकारी पाएपछि भारतीय सेनाले बुधबार राति उनीलाई कारबाही गरेको हो- उनले भनेका छन् ।
गत सेक्टेम्बर १८ भारत प्रशासित कास्मिरको उरीमा भएका हमलामा परी १७ जना भारतीय सैनिक मारिएपछि दुई मुलुकबीच तनाब बढेको छ ।
उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने सो आरोपको खन्डन गर्दै आएको छ ।
यसअघि सन् २००३ मा यी दुई मुलुकले युद्धविरामको घोषणा गरेका थिए । रासस/सिन्ह्वा