सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा डेढ बर्ष अगाडि सरुवा भई अाउनु भएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अर्घाखाँचीबाट सरुवा भएको छ ।
सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लाई विदाई गर्दै अर्घाखाँचीका राजनीतिक दलका प्रमुख नेताहरु ।
गृह मन्त्रालयले उहालाई कारागार ब्यबस्था बिभागमा सरुवा गरि नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँची कृष्ण बहादुर कटुवाललाई बुधबार सरुवा गरेको हो । अर्घाखाँची अाउन लागेका प्रमुख जिल्ला अधिकारी अनुभवी सिडिअो हुन ।
सहायक प्रजिअ चिरञ्जीवी घिमिरेलाई विदाई गर्दै प्रजिअ सुरेन्द्र पौडेल ।
अर्घाखाँची जिल्लामा झन्डै डेढ बर्ष काम गरेका र हाल सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल जनताको काम प्रति उतर्दायी तथा भष्टचारको अन्त्य, अनियमितता गर्नेमाथि कारबाही गर्ने र जिल्लाको बिकासमा निकै चासो दिने र कुनै पनि कार्यक्रम ठिक समयमा हुनुपर्छ भन्ने, शान्ति सुरक्षा अमनचयन जनतालाई अनुभुती हुने गरि काम गर्ने जस्ता महत्त्वपूर्ण कार्यको जिल्लाबासीले प्रससा गरेका र अर्घाखाँची जिल्लाबासीको मन जित्न सफल भएका र सानो ठुलो नभन्ने सबै सित समान व्यहार गर्ने जिल्लाबासीले अत्यन्तै मन पराउने सिडिअो बन्न सफल हुनु भएको थियोे । पौडेल जिल्लामा रहदा कुनै पनि बिबादमा नपरेका अनुभवी सालिन जिम्मेवार बोध भएका चल्ता फुर्ता सिडिअोको रुपमा चर्चित हुन अर्घाखाँचीमा सफल भएका ब्यक्ति हुन । उनको सरुवा भएको खबरले अर्घाखाँचीबासी भने चिन्तित भएको महशुस गरिएको छ ।
अर्घाखाँची क्षेत्र नम्बर २ का सासद डाक्टर दुमन सिह थापा लाई भेटगरि छलफल गर्दै अर्घाखाँची सरुवा भएका प्रजिअ कृष्ण बहादुर कटुवाल। – सुर्य प्रसाद भुसाल
जिल्लाका कुनै पनि गाबिस र वार्डहरु प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नपुगेको ठाउँ छैन । त्यस्तै भर्खर अर्घाखाँची सरुवा भएका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल पनि पहिला देखि बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी चलाई सकेका गृहका अनुभवी सिडिअोको रुपमा पर्छन उनि मंगलवार नै अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भई काम सुरु गर्ने कटुवालले बताए ।
प्रमुख जिल्ला अधिकारि देखि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी घिमिरेको पनि केहि दिन अगाडि स्वास्थ मन्त्रालयमा सरुवा भईसकेको छ । घिमिरेको ठाउँमा गृहबाट शंकर भुसाल सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन । पहाडी जिल्लामा सहायक प्रजिअको दरबन्दी २ जनाको सरकारले कायम गरेको छ ।
त्यस्तै अर्घाखाँचीका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मोति भुसालको कोलेनिका रुपन्देहीको प्रमुखमा सरुवा भएको छ । त्यस्तै सालझन्डी ढोरपाटन सडकका लेखा अधिकृत हिराधर आचार्यको अर्थ मन्त्रालय सरुवा भएको छ उहाको ठाउँमा मलेनिकाबाट डालेन्द्द अर्याल सरुवा भएका छन । अर्घाखाँचीको यो कार्यालय सबैभन्दा अाकर्षक हो ।
त्यस्तै जिल्ला शिक्षाका लेखा अधिकृत ठाकुर श्रेष्ठको सिन्चाई डिभिजन कार्यलय गुल्मी सरुवा भएको छ । उनको ठाउँमा शिक्षामा खानेपानीका लेखा अधिकृत सुकदेब ज्ञवाली शिक्षा अाएका छन । जिल्ला बिकास समिति अर्घाखाँचीमा रुपन्देहीकोले निकाबाट झबिन्द खनाल सरुवा भएका छन भने जिबिस अर्घाखाँचीका लेखा अधिकृत खिम प्रसाद अर्याल कोलेनि रुपन्देही सरुवा भएका छन । उनि कर्मचारीहरुको अाधिकारिक ट्रेडयुनियनका जिल्ला उपाध्यक्ष हुन । त्यस्तै जिल्ला कृर्षि बिकास कार्यालयमा शिक्षाका लेखापाल सरुवा भएका छन भने कृर्षिका निरदल बुढा कोलेनिका अर्घाखाँची सरुवा भएका छन । जिल्ला पशुसेबा कार्यालयका लेखापाल मोहन घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान बुटबल सरुवा भएका छन । त्यस्तै कृर्षि पर्सा र अधिकृत बुद्धि भट्टराईको पनि सरुवा भएको छ ।