केरुङामा एक जनाले रुखमा झुन्डिएर आत्महत्या गरे

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको केरुङा -१ बल्कोट, बुढाधीमा एक जना व्यक्तिले रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । 
तिलक बहादुर कुमालको ४३ वर्षय छोरा अनील मुखीयाले शुक्रबार राती ९ बजे फडेलको रुखमा झुडिएर आत्महत्या गरेका हुन् । 
उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ । 
आत्महत्याको कारण खुल्न सकेको छैन । प्रहरीले यस सम्बन्धमा अनुसन्धान भईरहेको बताएको छ ।   

अन्य समाचारहरु