सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीबाट सरुवा भएर काठमाडौ जान लाग्नु भएका अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई विदाई थाप्न र समय दिन अत्यन्तै कठिन परेको छ ।
जिल्लामा सबैसँग हेलमेल भएका कारण प्रमुख जिल्ला अधिकारीको सरुवा भएको खबर पाएपछि उहालाई बिदाई गर्न सबैले समय माग गरेका छन ।
प्रजिअ पौडेल अाईतबार जिल्ला छोड्ने तैयारी गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको बिदाई गर्ने समय अहिले सम्म कर्मचारीहरुको साझा संस्था कर्मचारी मिलन केन्द्रले समेत नपाएपछि अाईतबार प्रजिअ पौडेलले अन्तिम बिदाई मिलन केन्द्रको लिने र लगत्तै जिल्लाबाट बाहिरिने तैयारी गर्नु भएको छ ।
प्रजिअ पौडेललाई उधोग बाणिज्य संघ अर्घाखाँची सहकारी संघ, अर्घाखाँची जेष्ठ नागरिक, अर्घाखाँचीका युवाहरु, निर्माण व्यवसायी संघ, उधोगी ब्यापारी, खेलाडी सबैले अाज बिदाई गरेका छन । जेष्ठ नागरिक बजार बासी उधोगी खेलाडीले अहिले सम्म प्रजिअको बिदाई गरेका थिएनन् भने यिनिहरुको समेत बिदाई पाउने पौडेल जिल्लाको पहिलो सिडिअो हुन ।