सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमाले पोखराथोक गाउँ कमिटीको दसौं गाउँ अधिबेशन शनिबार पोखराथोकमा सम्पन्न भएको छ ।
अधिबेशनको उदघाटन गर्दै नेकपा एमाले अर्घाखाँचीका कार्यबाहक अध्यक्ष जिबनारायण कोईरालाले संगठन बिस्तारलाई वार्ड तह सम्म बिस्तार गर्न अागर्ह गर्दै स्थानीय निकायको निर्वाचन गराउन काङ्ग्रेस माअोबादीले नचाहाएको अारोप लगाउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका संगठन बिभाग प्रमुख पिताम्बर भुसालले संगठनलाई गाउँ गाउँमा बिस्तार गरेर गाउँको बिकाश निर्माणमा जुट्नका लागि कार्यकर्तालाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला कमिटि सदस्य बाबुराम घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियोे ।
भेलाले रामराजा गौतमको अध्यक्षतामा २१ सदस्यीय गाउँकार्य समिति गठन गरेको छ जसको उपाध्यक्षमा डिल बहादुर राना सचिबमा तिलक राम गौतम उपसचिबमा लक्ष्मि गौतम लगायत रहेका छन । कार्यक्रममा गोबिन्द पौडेल, अचिउत राज गौतम लगायतले मन्तब्य राखेका थिए ।