सुर्य भुसाल
नरपानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ग्रामीण तथा सामुदायिक स्वास्थ्य बिकास केन्द्र नेपालको १४ साधारण सभा तथा ७ औ अधिबेशन अर्घाखाँची जिल्लाको नरपानीमा सम्पन्न भएको छ ।
साधारण सभाले धुर्ब के.सीलाई संयोजक भोज बहादुर गन्धर्व र नविन केसी निर्वाचन मंडलकाे सदस्यको जिम्मेवारी दिएको छ ।
सर्बसहमत नयाँ नेतृत्व चयन अनुसार ठाकुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसमा राधा नेपाली उपाध्यक्ष, हरि केसी सचिव नारायण खडका सह सचिव, मिना बस्याल कोषाध्यक्ष र सदस्यहरुमा उमा विक, रोमकन्त बेल्बासे र हुम बहादुर बिक सर्वसहमत निर्वाचित र संस्थामा लामो समय सस्थामा जीवन बिताउनु भएका निबर्तमान अध्यक्ष सम्भुप्रसाद पोख्रेललाई सस्थाको निर्देशक रहने गरि सधारण सभा सप्पन्न भएको छ ।