श्यााम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असौज ११ । अखिल नेपाल शिक्षक संघ को ३२ औं स्थापना दिवस आज सन्धिखर्कमा एक कार्यक्रम गरी मनाईएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हरी प्रसाद भुसालले शिक्षा निति र शैक्षिक ब्यबस्थापनमा समय सापेक्ष अनुरुप परिबर्तनको अभियानमा जुट्नुपर्ने भन्दै निःशुल्क,अनिबार्य,ब्यबहारिक र गुणस्तरीय शिक्षा को सरकारले ग्यारेन्टी गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रकमा राष्ट्रीय जनमोर्चाका नेता सागर के.सी.,अखिल नेपाल शिक्षक संघकी केन्द्रिय सदस्य कमला गैरे, अखिल नेपाल कानुन ब्यबसायी संघका केन्द्रिय सदस्य चुरामणी भुसाल,प्रगतिसिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम घिमिरे, लगाएतले मनत्बय राख्दै ब्यबहारीक र गुणस्तरीय शिक्षाले मात्र देशको शैक्षीक बिकास सम्भव रहेको भन्दै शिक्षा क्षेत्रमा आमुल परीबर्तन हुन आबस्यक रहेको बताएका थिए ।
सोहि कार्यक्रले झबिन्द्र भट्टराईको अध्यक्षतामा शिक्षकहरुको सहकारी संस्था ब्यबस्थापन समिति समेत गठन गरेको छ ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता र सचिव दलबहादुर के.सी.को सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले बताएका छन ।