सन्धिखर्क । फाइल तस्बिर
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका अधिकांस बिकासे सरकारी कार्यालयका प्रमुखहरुले जिल्लाका पत्रकारहरुलाई दिने बिज्ञापनमा समेत कमिसनको चलखेलमा जिल्ला बाहिर वा सिधै पत्रिका तथा एजेन्सीहरु सित कमिसन लिएर दिने गरेका छन् ।
जिल्लाबाट लाखौंको विज्ञापन बाहिर जाने भएपनि यहाँका केहि पत्रकारहरुलाई मुख बुजो लगाउन सामान्य सुचना बाहेक ठुला सुचनाहरु जिल्ला बाहिर तथा काठमाडौंमा दिने गरेका छन् ।
जिल्लामा सबैभन्दा धेरै सुचना तथा बिज्ञापनको काम गराउने सालझन्डी ढोरपाटन सडकले जिल्लाका पत्रकारहरुलाई सुचना नदिने तथा सुचना बाहिर जिल्ला दिने तथा एजेन्सी पनि बाहिर जिल्लाकालाई दिने र २० देखि पचास प्रतिसत सम्म कमिसनको गोप्य चलखेल हुने गरेको छ । हप्ताका दुई देखि चार वटा सम्म सुचना बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा ठुला सुचना प्रकाशन हुन्छ न तर जिल्लाका पत्रकारहरुलाई सुचना नदिने तर चार सय पचासमा प्रति कलम छापिने सुचनाको अाठसय पचासका दरले भुक्तानी दिने गरेको प्रमाणहरु भेटिने गरेको छ । तर सालझन्डी सडकबाट जिल्लाका पत्रकार धेरैले सुचना पाउदैन यस सम्बन्धि बिस्तारित अध्यायन सुरु गरिएको छ ।
यस्तै जिल्ला प्राबिधिक कार्यालय र जिल्ला बिकास समिति जिल्ला स्वास्थ कार्यालयले समेत ठुला सुचना जिल्लाका पत्रकारहरुलाई नदिने तथा गोप्य रुपमा बाहिर दिने र निचित ब्यक्तिहरुले कमिसन लिने गरेको श्रोतले बताउन्छ ।
बिज्ञापनमा सबैभन्दा धेरै अनियमितता जिल्लामा भएको भएपनि अख्तियारले चासो नदिने गरेको पत्रकारले गुनासो गर्छन यस सम्बन्धित अध्यायन सुरु गरिएको छ ।