फाइल तस्बिर
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । आमा र बच्चाको सुरक्षाका लागि स्वास्थ्य सस्थामै बच्चा जन्माउनु पर्छ भनिए पनि पहाडी जिल्ला अर्घाखाँचीमा एक दिनमा झण्डै तीन जना महिला घरमै सुत्केरी हुने गरेका छन ।
जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीको गत बर्षको साउन देखि अहिलेको असार मसान्त अर्थात एक आर्थिक बर्षको तथ्यांकलाई हेर्ने हो भने एक बर्षमा १२ सय ६४ महिला घरमै प्रसुती भएका छन ।
बच्चा जन्माउदा स्वास्थ्य केन्द्रमा जन्माउनु पर्छ । घरमै प्रसुती गराउदा आमा र बच्चा दुबैको अबस्था जटिल र संकटमा पर्छ भनिए पनि महिलाहरु जेखिममा परेरै भए पनि घरमै सुत्केरी हुने गरेका छन ।
एक बर्षको १२ सय ६४ लाई आधार मानेर हेर्दा एक दिनमा दैनीक तीन जना महिला घरमै बच्चा जन्माउन्छन । मोटरबाटो सबै गाविसमा पुगेको जिल्लाको अबस्था यस्तो छ ।
आमा र बच्चाको स्वास्थ्य अबस्था सुधार गर्न , गर्भबती जाच र स्वास्थ्य केन्द्रमा बच्चा जन्माउनका लागि जनचेतना तथा जानकारी दिने उदेश्यले स्वास्थ्य मन्त्रालय साथै बिभिन्न संघ सस्थाहरुले काम गरे पनि महिलाहरु स्वास्थ्य केन्द्रको पहुचबाट टाढा रहेका छन ।
२०७२ को साउन १ देखि २०७३ असार मसान्त सम्ममा अर्घाखाँची जिल्लामा २७ सय २२ बच्चा जन्मिएकोमा १४ सय ५८ बच्चा मात्र स्वास्थ्य केन्द्रमा जन्मिएको जिल्ला स्वास्थ्य कार्यलयका तथ्यांक सहायक महेस प्रसाद बोहोराले बताए ।
स्वास्थ्य केन्द्र टाढा हुनु , स्वास्थ्य सस्थामा जान नटेर्नु , घरमै गराए पनि हुन्छ भन्ने सोचका कारण महिलाहरु घरमै सुत्केरी हुने गरेको पाइएको हो । एक नगरपालिका र ३५ गाविस रहेको अर्घाखाँचीमा १८ स्थानमा मात्र चौबिस घण्टे प्रसुती सेवा रहेको छ । जस्का कारण पनि घरमा प्रसुती हुने महिलाको संख्या बढेको हो ।
बच्चा जन्माउनेको तुलनामा गर्भपतन गराउने महिलाको संख्यामा पनि बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यलयका अनुसार एक बर्षमा पाँच सय तीन महिलाले गर्भपतन गराएका छन ।
यो तथ्यांक अझ धेरै छ किनकि लिंगको पहिचान गरेर गर्भपतन गराउने मानिसहरुको तथ्यांक यसमा छैन । उनीहरु जिल्ला बाहिर गएर लि.गको पहिचान गरि गर्भपतन गराउने गर्दछन । ा
जस्मा मेरी स्टोप्स सेन्टरमा गएर गर्भपतन गराउनेको संख्या बढि रहेको छ । मेरी स्टोप्स सेन्टरमा चार सय एक र जिल्ला स्वास्थ्य कार्यलयमा एक सय दुई जनाले गर्भपतन गराएका छन ।
गएको बर्ष तीन सयको हाराहारीमा गर्भपतन गराएको जिल्ला स्वास्थय कार्यलयले जनाएको छ ।