सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा भर्खर सरुवा भई अाउनु भएका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नु अाफ्नो पहिलो दायित्व भएको बताउनु भएको छ ।
जिल्ला स्थित राजनीति दलका नेताहरु तथा पत्रकारहरु सित अाज भएको परिचायत्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कटुवालले सेवा ग्राहिलाई मुस्कान सहितको सेबा छिटो छरितो सेवा दिनका लागि अाफुले सबै कर्मचारीहरुलाई निर्देशन दिएको बताउदै जिल्लामा देखिने गम्भीर खालका समस्याहरु समाधानमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
उहाले जिल्लामा अनियमितता गर्ने जनताको काम प्रति बफादार नहुने जो कहिलाई पनि अाफुले छुट नदिने बताउदै जिल्लाका सबै खालका समस्या समधान गर्नका लागि पत्रकार तथा राजनीति दलहरुको महत्त्वपूर्ण भुमिका हुने बताउनु भयो ।
प्रजिअ कटुवालले अर्घाखाँची जिल्लाको बिकास निर्माण देखि जिल्लामा शुसाशन कायम गर्दै भष्टचारको अन्तय सेबालाई तुरुस्त दुरुस्त बनाउदै जनमुखि सेवा दिनु नै अाफ्नो पहिलो दायित्व हुने जिकिर गर्दै सहयोगका लागि अाग्रह गर्दै कसैको दवाब र प्रभावमा कर्मचारीहरुले काम नगरि नेपालको प्रचलित कानुन अनुसार नियम अनुसार काम गर्ने दावी गर्नु भयो ।
राजनीति दलका नेताहरुसँग दिउसो १ बजे तथा पत्रकारहरुसँग दिउँसो ३ बजे प्रजिअ कट्वालले छुट्टाछुट्टै भेट तथा परिचय गर्नु भएको थियोे । भेटमा पत्रकारहरुले जिल्लामा देखिएको नरपानी चुनढुङ्गा विवाद सार्वजनिक जग्गा अतिक्रमण सिमा बिबाद जिल्लामा देखिएका अन्य समस्याका बारेमा प्रजिअ कट्वाललाई अबगत गराउदै सहकार्यका लागि तयार रहेको बताएका थिए ।