अर्घाखाँचीमा सम्पन्न जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनालाई

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ६१ अौ प्रहरी दिबसको अबसरमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीले अायोजना गरेको भलिबल खेलको उपाधि नेपाली सेनाले हात पारेको छ ।  
सन्धिखर्कको टुडिखेलमा भएको रमाईलो प्रतिस्पर्धात्मक खेलमा सबुज गण म्याल पोखरी ब्यारेकको खेलाडी टिमले डिभर्ना युबा क्लबलाई पछाडि पार्दै उपाधि जितेको हो । खेलकुद प्रतियोगितामा जिल्ला भरका नौ वटा टिमले सहभागीता जनाएका थिए । 
खेलमा प्रथम हुनेलाई बोका दोस्रो हुनेलाई पाँचहजार नगद तथा तेस्रो स्थान प्राप्त गर्नेलाई पच्चीस सय रुपैयाँ पुरस्कारको ब्यबस्था गरिएको प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले जानकारी दिनु भयो । अागामी असौज २० गते जिल्ला प्रहरी कार्यालयको प्राङगणमा पुरस्कार बितरण तथा अन्य कार्यक्रम राखिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनु भयो । 
नेपाल प्रहरीले प्रहरी दिबसको अबसरमा यस्ता कार्यक्रम जिल्लामा बिगतमा नगरेको भएपनि जिल्लामा प्रहरी प्रमुख पौडेल अाएपछि यस्ता खालका रचनात्मक कार्यक्रम गरेकोमा खेलाडीहरुले खुसि ब्यक्त गरेका थिए । खेल हेर्न टुडिखेलमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, सबुज गणका गणपति लक्ष्मि भक्त श्रेष्ठ, स्थानिय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता कमल प्रसाद, भुसाल नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला, माअोबादी केन्द्रका जिल्ला सयोजक ठाकुर कुमार बिक, एमाले सचिब राम बहादुर चौहान, जनमोर्चाका सागर केसी, राप्रपाका देबि बहादुर खड्का, नयाँ शक्तिका यमुना भुसाल, पत्रकार बजारबासी खेल प्रेमि कर्मचारीहरुको टुडिखेलमा ठुलो भिड लागेको थियोे । 

अन्य समाचारहरु