जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ६१ अौ प्रहरी दिबस मनायो (भिडियो तस्बिर सहित)
आश्विन २० गते, २०७३ मा प्रकाशित
सुर्य भुसाल / प्रेम खड्का – भिडियो तस्बिर
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गरि ६१ अौ प्रहरी दिबस मनाएको छ ।
प्रहरी दिवसको अवसरमा पुरस्कार बितरण तथा अम्मर प्रहरी सहिद स्मारिकाको पुजापाठ गरिएको थियो । जिल्ला प्रहरी कार्यालयको हातभित्र एतिहासिक स्मारिका निर्माण गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नमुना काम गरेको बोल्ने बक्ताहरुले बताएका थिए ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख अतिथ्यतामा भएको दिबस समापन तथा पुरस्कार बितरण कार्यक्रममा स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम सहायक प्रजिअ नारायण खत्रि नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला माअोबादी केन्द्रका जिल्ला समेयोजक ठाकुर कुमार बिक राप्रपाका अध्यक्ष देबि बहादुर खड्का राष्ट्रिय जनमोर्चाका नेपाल परिबार दलका डिल्ली राज भुसाल नेपाली काङ्ग्रेसका नेता बासुदेब आचार्य जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत मालपोत प्रमुख लोक बहादुर कार्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्दि प्रसाद भुसाल सहायक बन अधिकृत मदन प्रसाद ढुङगाना सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजि जोशी सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बहादुर चौहान एकल महिला सघका अध्यक्ष खगिश्वरा बस्याल देउराली यातायातका अध्यक्ष योगेन्द्र खड्का पश्चिम नेपाल बस ब्यबसायी संघका कमल भट्टराई समाजसेवी नारायण खनाल दल बहादुर केसी लगायत कार्यालय प्रमुख पत्रकार नागरिक समाज उधोगि ब्यापारीहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रम प्रहरी निरिक्षक कुल प्रसाद चौधरीको सन्चालनमा सम्पन्न भएको हो ।
पत्रकार सम्मनित
६१ अौ प्रहरी दिबसको अबसरमा अर्घाखाँचीका पत्रकार सम्मानित भएका छन प्रहरी दिबसमा पत्रकार वीरेन्द्र केसी, प्रेस युनियनका सहसचिव तथा रेडियो देउरालीका पत्रकार रुद्र मणि भुसाल रेडियो नयाँ एफ एमका म्यानेजर हरि प्रसाद भुसाल रेडियो सुर्योदयका बिष्णु ठकुरी प्रगतिशील पत्रकार संघका सचिव जितेन्द्र खत्री लगायत सम्मानित भएका हुन ।
त्यस्तै उत्कृष्ट प्रहरी कर्मचारीमा प्रहरी निरिक्षक सुजन राज सिह भन्डारी कुल प्रसाद चौधरी समाजसेवी उमेश घिमिरे प्रदिप मिश्र नारायण खनाल प्रदिप नेपाली लगायतका दर्जनौं ब्यक्तिहरु सम्मानित भएका हुन सम्मानित ब्यक्तिहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले सम्मान पत्र नगदले सम्मान गर्नु भएको हो ।