यसवर्षको नोवेल शान्ति पुरस्ककार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुअल सान्तोषलाई प्रदान गरिने भएकाे छ । फार्क विद्रोहीसँग शान्तिवार्ता गरी कोलम्बियामा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ।
तर, फार्क विद्रोहीसँगको सम्झौता भने कोलम्बियाली नागरिकले अस्वीकार गरेका छन्। सम्झौताबारे भएको जनमत संग्रहमा सम्झौता अस्वीकृत भएको थियो।
नोबेल समितिले राष्ट्रपति सान्तोषले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने अपेक्षा पनि गरेको छ। एजेन्सी