दशैकाे समयमा नियमित गाडी सञ्चालन नहुदाँ धातिवाङका यात्रु मर्कामा

घनश्याम पौडेल 
धातिवाङ , अर्घाखाँची, २३ असोज । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट २७ किलोमिटरमा अवस्थित धातिवाङ  गाविसमा देउराली यातायात व्यवसायी समितिको गाडी सञ्चालन नहुदाँ दैनिक ३५ र ४० जना यात्रु घुम्तीबाट हिडेर घर जान  वाध्य भएका छन् ।
नरपानीको घुम्टीमा शनिबार साँझ धातिवाङ जानका लागि यात्रुहरू देउराली यातायातकाे गाडीलाई पर्खदै । तस्बिर : घनश्याम पाैडेलबाट 
मेला पर्वको समयमा दैनिक यात्रुवाहक जिप सञ्चालन नभएपछि श्रीनगर यातायात व्यवसायी समितिको गाडीले १ खेप धातिवाङका यात्रु ल्याएपनि २० जना घुम्तीबाट दैनिक हिडेर आएका धातिवाङ पधेरा व्यवसायी गनें एक व्यवसायीले बताएका थिए ।  
मेला पर्वको समयमा नै गाडी नियमित सञ्चालन नभएपछि यात्रुहरु हिडनु परेको हो, तर देउराली यातायात व्यवसायी समितीले नियमित गाडि सञ्चालन नगर्दा विकल्पकाे रूपमा गाडि सञ्चालन गर्न स्थानीय नेताहरूले पहल नगरेकाे गाउँलेकाे आराेप लगाएका छन ।

अन्य समाचारहरु