धनचौरकी बेपत्ता भएकी एक महिलाको शब झिमरुक मुनी राप्ती नदीको खोचमा फेला

प्रेम खड्का 
धनचौर, अर्घाखाँची ( अर्घाखाँचीक्डट्कम) । अर्घाखाँची जिल्लाको धनचौरकी बेपत्ता भएकी एक महिलाको शब राप्ती नदी (झिमरुक नदी मुनी )को खोचमा फेला परेको छ । 
धनचौर गाबिस वार्ड नम्बर ५ स्थित भिमलाल भुसालकी श्रीमती कल्पना भुसाल गत असोज १८ गते साँझ ५ बजे देखि हराइकी थिईन् ।  ३४ वर्षिया कल्पना धनचौर -५ देउराली स्थित रुद्र किरना पसलबाट दशैको लागि समान खरिद गरी खुल्ला पैसा लिई घर तर्फ लागेको तर बिच बाटो हराएकी थिईन । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलको टोलीले शब फेला परेको हो । मृतकको शब पोष्टमार्टमको लागि ठाडाका प्रहरी नायब उपरीक्षक बिबेक कुमार शाहको टोलीले जिल्ला अस्पताल सन्धिखर्कमा लगेको छ । 
यसभन्दा अघि स्थानियबासीले निरन्तर खोज्दा पनि फेला पार्न नसक्दा कल्पनालाई खोजिदिन भनेर उनकी बहिनी चन्दा खनालले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिईन् । उनका २ वटा छोराछोरी रहेका छन् । प्रहरीले घट्नाको अनुसन्धान भईरहेको बताएको छ ।