अर्घामा चहलपहल शुरु ! भोली राष्टिय जनमोर्चाको रानीगैरामा बिशाल रक्तिम जनसभा हुँदै ! कुर सन्धिखर्क र रागामारे हंसपुरमा सराय सम्पन्न ! डेभा र जुकेनामा पुणिमा सराय मेला लाग्दै

Image result for अर्घा पूर्णिमा राष्टिय जनमोर्चा
रानिगैरामा । फाइल तस्बिर  

सुर्य भुसाल 
अर्घा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । कोजागत्र पूर्णिमाको अघिल्लो दिन अर्घाखाँची जिल्लाको अर्घा रानिगैरामा चहलपहल बढेको छ । 
राष्टिय जनमोर्चा अर्घाखाँचीले रानीगैरामा अाईतबार बिशाल जनसभा गर्न लागेको र त्यसको सबै तैयारी पुरा भएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाले जानकारी दिनु भयो । सो ठाउँमा कार्यक्रम अाईतबार जनमोर्चाका केन्द्रीय महासचिब लगायतले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको जनमोर्चाका अध्यक्ष थापाले बताउनु भयो । 
रानिगैरामा अाईतबार रक्तिम सास्कृतिक टोलीले बेजोड सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने बताएको छ । रानिगैरामा भोलिको तैयारीका लागि अाजबाटै स्टलहरु राखिएको छ । 
Image result for अर्घाखाँची अर्घा
भगवती मन्दिरमा । फाइल तस्बिर    
अर्घामा अाईतबार १ लाख भन्दा बढीले भगवती मन्दिरको दर्शन गरि सराय मेलाको अबलोकन गर्ने छन ।
उता अाज पनि अर्घाखाँचीको सन्धिखर्क कुरमा सराए नाच सम्पन्न भएको छ । सराय नाच हंसपुरको रागामारेमा सम्पन्न भएको छ । हंसपुरमा अाज ५० हजारले सराय मेलाको अबलोकन गरेको स्थानीय पत्रकार ईन्द्र रेग्मीले जानकारी दिनुभयो । 
यस्तै अर्घाखाँचीको ढिकुरा गाबिसमा रहेको डेभामा कोजागत्र पुणिमाको दिने बिषेश मेला लाग्ने तैयारी छ । भने जुकेना गाबिसमा पनि अाईतबार मेला लाग्ने चलन छ । मेला लाग्ने सबै ठाउँमा सुरक्षा ब्यबस्था मजबुद बनाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख नबरत्न पौडेलले जानकारी दिनु भयो ।  
Image result for अर्घाखाँची अर्घा
                                                                 रानिगैरामा । फाइल तस्बिर  

अन्य समाचारहरु