सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपालीहरुको महान पर्व बिजया दशमी सकिदै गर्दा अर्घाखाँचीको सुनसान रहेको सदरमुकाम सन्धिखर्कमा चहल पहल अहिले बढेर गएको छ ।
गाउँबाट बाहिर जिल्ला जानेहरु गाडीको पर्खाईमा सदरमुकाम सन्धिखर्कमा सवारीसाधन कुरेर बस्ने गरेका छन । धेरै यात्रुहरु बाहिर जिल्ला जानुपर्ने भएकोले पनि अहिले गाडीको समस्या हुने गरेपनि यात्रुहरूको मागलाई ध्यानमा राखेर अहिले पश्चिम नेपाल बस ब्यबसायी संघले अतिरिक्त गाडीहरु समेत सन्चालन गरेको अध्यक्ष दधि खरेलले जानकारी दिनुभयो ।
यस्तै सन्धिखर्क, चुत्राबेशी बजारका किराना पसल फलफुल पसलहरुमा चहल पहल बढेको छ ।