अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई लागुऔषध परीक्षण गर्न माग गरेका छन् ।
अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्यासी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम भन्दाअगाडि हिलारीको परीक्षण हुनुपर्ने शनिबार ट्रम्पले माग गरेका हुन् ।
ट्रम्पले आफ्नो प्रतिस्पर्धी क्लिन्टनले यसअघि भएका संयुक्त बहस सुरु हुनुभन्दाअगाडि पनि लागुऔषध प्रयोग गरेको आरोप लगाएका छन् ।
बहसकाक्रममा क्लिन्टनको प्रस्तुति राम्रो हुनुमा लागुऔषधको प्रभाव हुनसक्ने ट्रम्पको आरोप छ । उनले क्लिनटनलाई मतदान नगर्नसमेत आह्वान गरेका छन् ।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई यौनदुर्व्यवहारको आरोप लागिरहेकाबेला ट्रम्पले क्लिनटनलाई लागुऔषध प्रयोग गरेको आरोप लगाएका छन् ।
विदेशमन्त्री भएकाबेला गोप्य इमेलहरुको दुरुपयोग गरेकाले आफू विजयी भएमा क्लिन्टनलाई जेल हाल्ने ट्रम्पले बताएका छन् ।
क्लिन्टनलाई जेलहाल्ने बताएपछि उनका समर्थकहरुले क्लिनटनलाई थुन भन्दै नाराबाजी गरेका थिए ।
पछिल्लो बहसमा सहभागी भएकाबेला क्लिन्टनले लागुऔषध सेवन गरे वा नगरेकोबारेमा परीक्षण गर्न पनि ट्रम्पले माग गरेका छन् । आफ्नो पनि परीक्षण गराउन आफू तयार रहेको उनले बताएका छन् ।
पोर्टस्माउथमा आयोजित एक चुनावीसभामा सम्बोधन गर्दै ट्रम्पले क्लिन्टन बहसको सुरुमा निकै उत्तेजित देखिएकी थिइन्, तर अन्तिममा भने निकै कमजोर देखिइन् र आफ्नो कारसम्म पुग्न पनि निकै गाह्रो भएको थियो भने दाबीसमेत गरेका समाचारमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्यासी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच एक हप्ताअगाडि दोस्रोपटक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रभरि नै ट्रम्प र क्लिन्टनले एक-अर्कामाथि हिलो छ्याप्ने र सकेदेखि एक-अर्कालाई उम्मेदवारीबाटै सिध्याइदिनेसम्मको आक्रामक प्रयासमा लागे ।
कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गरेको अमेरिकी रणनीतिहरु, इराक, सिरिया, अफगानिस्तानलगायतका मुलुकहरुमा गरिएको सहयोग इत्यादिबारे पनि ट्रम्पले तीव्र आलोचना गर्न भ्याए ।
दर्शकका प्रश्नका उत्तर दिनेक्रममा ट्रम्पले हिलारीउपर अलि बढी नै रिस पोखी आक्रामक भएर प्रस्तुत् भए भने हिलारी पनि के कम, ट्रम्पलाई व्यंग्यबाणको वर्षा गरी आच्छु-आच्छु पारिन् ।
ट्रम्पले हिलारीको निन्दा गर्नेक्रममा उनका पति बिल क्लिन्टन धेरै वर्षअघि एकपटक यौनकान्डमा मुछिएको घटनालाई उछाले ।
जवाफमा हिलारीले पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रव्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिदिइन् ।
सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेकोबखत कुराकानी भएको दृष्य देखाइएको थियो ।
कुराकानीकोक्रममा ट्रम्पले तिमी चलचित्र (हलिउड)का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरेपनि हुन्छ भनेका रहेछन् ।
महिलालाई जे गरे पनि हुन्छ भन्ने अभिव्यक्तिले कोहीपनि महिलालाई उनको स्वीकृतिबिना अंगालोमा कस्ने वा चुम्बन गर्नेजस्ता यौनजन्य दुर्व्यवहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिइ क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु-आच्छु पारिन् ।
क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायोे र ट्रम्प तत्काल सो विगतको घटनाका लागि माफी माग्न बाध्य भए ।
डेढघन्टा चलेको सो प्रत्यक्ष बहस कार्यक्रममा दर्शकका प्रश्नका उत्तर दिनेक्रममा दुबैजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाका धेरै विषयमाथि आ