पोखराथोकमा एक व्यक्तिद्वारा झुन्डिएर आत्महत्या

प्रेम खड्का 
पोखराथोक, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पोखराथोकमा एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । 
पोखराथोक – ८ का ५५ वर्षिय रेम बहादुर घर्ती मगरले गएराती २:३० बजे आफ्नै घरको उपल्लो तल्लाको कोठामा झुडिएर आत्महत्या गरेका हुन् । 
आत्महत्या गर्नु अघि रेमबहादुरले मदिरा सेवन गरेका थिए । उनका २ विवाहित छोरा र १ अविबाहित छोरी रहेका छन् । अत्महत्या गर्न बेलामा उनकी श्रीमती पनि घरमा सुतेकी थिईन् । 
घट्नाको खबर आएपछि प्रहरी अहिले पोखराथोक गएको छ । प्रहरी देउराली सम्म गाडीमा र त्यहाँबाट घट्नास्थल पुग्न २ घण्टा लाग्ने छ ।    आत्महत्याको कारण थाहा हुन सकेको छैन् । 

अन्य समाचारहरु