सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख नबरत्न पौडेलले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा प्रहरीलाई सहयोग गर्ने तथा ६१ अौ प्रहरी दिबसमा पुरस्कृत हुन छुटेकोहरुलाई जिल्ला प्रहरी कार्यालयमा बिहिबार अायोजित पुरस्कार बितरण कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले प्रहरीलाई जनताले निकै सहयोग गरेको बताउदै अागामी दिनमा सहयोगको अपेक्षा समेत रहेको बताउनु भएको छ ।
पुरस्कृत हुनेमा हुमकुमारी राना, बिनोद अधिकारीलाई सम्मान गरिएको थियोे । कार्यक्रममा प्रहरी निरिक्षक सुजन राज भन्डारी, प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, प्रेस चौतारीका सचिब अर्जुन भुसाल लगायतको उपस्थिति रहेको थियोे ।