फिल्मपछि भारतीय टेलिभिजन तथा रेडियो प्रसारणसमेत पाकिस्तानमा प्रतिबन्धित हुने भएको छ। भारतीय सन्चारमाध्यमकाअनुसार पाकिस्तानमा विद्युतीय सन्चारमाध्यममाथि नियमन तथा नियन्त्रण गर्दै आएको पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले शुक्रबार दिउँसो तीन बजेदेखि सबै भारतीय टेलिभिजन तथा रेडियो प्रसारण नगर्न प्रसारकहरुलाई आदेश दिएको छ। साथै, उसले आदेश नमान्नेलाई कडा कारवाही गर्नेसम्मको चेतावनी दिएको छ।
भारत पाकिस्तान सीमा काश्मिरमा भएको तनावपछि भारतीय फिल्महरुको प्रदर्शन तथा वितरण संस्थाले पाकिस्तानी कलाकार तथा प्राविधिकलाई बलिउडमा काम गर्न रोक लगाएको थियो भने आउँदो हप्ता रिलिज हुने ए दिल हे मुस्किल मा पाकिस्तानी कलाकारले अभिनय गरेकाले भारतका मुख्य चार प्रदेशमा प्रदर्शनका लागि रोक लगाउने निर्णय गरेको थियो। यससँगै, पाकिस्तानमा भारतीय फिल्महरु पूर्ण रुपमा बन्द भएका थिए। सेतोपाटीले लेखेको छ ।