तिलक स्मृति भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु

अर्जुन भुसाल 
अर्घाखाँची कार्तिक ४ । अर्घाखाँची युवा परिषद्को आयोजनामा दोस्रो तिलक स्मृति रनिङ्ग शिल्ड प्रतियोगिता सन्धिखर्कमा सुरु भएको छ । प्रतियोगिताको स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले रेफ्रीलाई भलिबल र लाइन्समेनलाई झण्डा प्रदान गरेर खेलको उद्घाटन गरिन ।  उद्घाटन समारोहमा बोल्दै उनले  जिल्लामा खेल गतिविधि अपेक्षित मात्रामा हुन नसकेको भन्दै युवाहरुको पहलमा आगामी दिनमा पनि यस्ता खालका प्रतियोगिताको आयोजना गर्नुपर्ने बताइन । उनले खेल क्षेत्रको विकासा लागि जिल्ला विकास समितिले आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरिन ।  अर्घाखाँची युवा परिषद्का अध्यक्ष कृष्ण प्रसाद  भुसालले परिषद्ले हरेक वर्ष भलिवल प्रतियोगिताको आयोजन गर्ने भन्दै सबै क्षेत्रको सहयोगको आवश्यकता औंल्याए ।  उनले युवाहरुलाई खेल प्रति आर्कषित गरि प्रशिक्षित गर्न  प्रतियोगिताले टेवा पु-याउने विश्वास व्यक्त गरे । उद्घाटन शत्रमा परिषद्का महासचिव धर्म भुसाल, संस्थापक सचिव सहयोगी विसी लगायतले मन्तव्य राखेका थिए । 
बिहिबार भएको पहिलो चरणको खेलमा  सन्धिखर्क नगरपालिका  वडा नं. १४ र ढिकुरा गाविस, ठाडा गाविस र धनचौर गाविस, सन्धिखर्क वडा नं. ९ र हंसपुर गाविस र सन्धिखर्क १ र सितापुर गाविस बीच प्रतिस्पर्धा भएको थियो । जस मध्ये सन्धिखर्क १४, ठाडा गाविस हंसपुर गाविस र  सितापुरले जित हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार नगद शिल्ड, मेडल र प्रमाण पत्र, द्वितिय हुनेलाई  २० हजार शिल्ड, मेडल र प्रमाण पत्र र तृतिय हुनेलाई १० हजार शिल्ड, मेडल  प्रमाण पत्र उपलव्ध गराइने  परिषद्का सदस्य प्रकाश भुसालले जानकारी दिए । उनले खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गर्ने बताए  ।
  परिषद्ले हरेक वर्ष  दशै पर्व पछि प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । शुक्रबार बिहान  सन्धिखर्क १३ र धारापानी गाविस, जुकेना गाविस र गोखुङ्गा  गाविस बीच पहिलो चरणको  प्रतिस्पर्धा भएपछि सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ ।  
 पहिलो चरणको खेलमा ठाडा गाविस र धनचौर बीच भएको प्रतिस्पर्धा  तस्बिर अर्जुन भुसाल 

अन्य समाचारहरु